Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

एन्टी रेबिज भ्याक्सिन अभाव



२६ फागुन,वीरगन्ज। प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् ।

यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्काे मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ ।

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८०० भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५०० भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २०० जति भाइल खपत हुँदै आएकामा विगत दुई महिनादेखि सो भाइल अभाव भएपछि बिरामी निःशुल्क औषधि पाउनबाट वञ्चित हुँदै आएकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ