back
CTIZAN AD

एन्टी रेबिज भ्याक्सिन अभाव

वि.सं.२०७३ फागुन २६ बिहीवार

924 

shares

२६ फागुन,वीरगन्ज। प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् ।

यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्काे मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ ।

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८०० भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५०० भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २०० जति भाइल खपत हुँदै आएकामा विगत दुई महिनादेखि सो भाइल अभाव भएपछि बिरामी निःशुल्क औषधि पाउनबाट वञ्चित हुँदै आएकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०७:१० मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...