काठमाडौं । नेकपा एमालेको जारी जिल्ला अधिबेशन अन्तर्गत कपिलवस्तु जिल्लाको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् ।
सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएको एमालेले केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको भएपनि केही जिल्लामा भने निर्वाचनको प्रक्रिया शुरु गरेको छ ।
कपिलवस्तुमा सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नभएपछि अध्यक्षमै त्रिपक्षीय रुपमा प्रतिस्प्रर्धा भएको थियो । मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीका अनुसार २३८ मत ल्याएर शर्मा अध्यक्षमा निर्वाचित भएका छन् थिए भने उनका प्रतिस्प्रर्धी बाबुराम खनालले १८६ र नेत्रराज अधिकारीले १०० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३४५ ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्प्रर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा चन्द्र बहादुर गहतराजले १७८ मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिस्प्रधीहरु विश्व कार्कीले १७६ र भेषराज पाण्डेले १६० मत प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिवमा अर्जुनबहादुर केसीले १३१ मत प्राप्त गरे विजयी बनेका छन् भने सहसचिवमा सुशीला दर्लामी निर्विरोध निर्वाचित भएकी छन् ।
पश्चिम नवलरासीमा अधिकारी
त्यस्तै पश्चिम नवलरासी जिल्लाको अध्यक्षमा ३३३ मत ल्याएर दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्द्धी थानप्रसाद गैरेले गैरेले १८५ मत प्राप्त गरेर पराजित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा डोलराज भण्डारी ३५३ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी लेखनाथ खरेलले १४१ मत मात्र प्राप्त गरेका थिए ।
त्यसैगरी धिरज शर्मा ३५९ मतसहित सचिवमा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सुभाष जिसीले १५१ प्राप्त गरेका थिए ।
उपसचिवमा रिङकला यादव र राजन कुमार आचार्य विजयी भएका छन् । यादवले ३३३ मत आचार्यले २६९ मत ल्याएर विजयी भएका हुन् ।
वि.सं.२०७८ पुस २५ आइतवार १०:१८ मा प्रकाशित



























