back
CTIZAN AD

एमालेको जिल्ला अधिवेशनः यी हुन् सर्वसम्मत भएका जिल्ला अध्यक्षहरु

वि.सं.२०७८ पुस २५ आइतवार

963 

shares

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनले जिल्ला अध्यक्षमा सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा शुक्रवार एकैसाथ भुर्चअल माध्यमबाट गरिएको ६१ जिल्ला अधिवेशनको उद्घाटन र शनिवारदेखि सुरु भएको बन्दसत्रले अहिलेसम्म २२ जिल्लाका नेतृत्व सर्वसम्मत गरेको बताइएको छ ।

नेकपा एमालेका अनुसार हालसम्म सर्वसम्मत नेतृत्व चयन भएका जिल्लाहरुमा प्रदेश १ को झापामा दिपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल र धनकुटामा इन्द्रमणी पराजुली सर्वसम्मत भएका छन् ।

त्यस्तै प्रदेश २ मा सप्तरीमा ताराकान्त चौधरी सर्वसम्मत भएका छन् भने वागमतीको धादिङमा भुमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, रसुवामा कर्णेल तामाङ सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै गण्डकी प्रदेशको गोरखामा प्रेम गुरुङ, तनहुमा श्रीप्रसाद श्रेष्ठ रहेका छन् भने लुम्बिनी प्रदेशमा पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालसिंह काउछा मगर, अर्घाखाचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपति, बर्दिया–लालवहादुर श्रेष्ठ दाङमा हुकुम बहादुर बस्नेत र रुपन्देहीमा तेजेन्द्र केसी सर्वसम्मत भएका छन् ।

त्यस्तै कर्णाली प्रदेशको डोल्पामा शेरवहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर र गैरभौगोलिक जिल्लामा मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल चयन भएका छन् ।

 

वि.सं.२०७८ पुस २५ आइतवार ०९:४२ मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...