back
CTIZAN AD

नेताहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री र संचारमन्त्री पनि आइसोलेशनमा

वि.सं.२०७८ पुस २५ आइतवार

741 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलका केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र संचामन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि आइसोलेशनमा बसेका छन् ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की पनि होम आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संगै रहेका नेताहरुमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा रहेका प्रधानमन्त्रीले शनिवारैदेखि भेटघाट बन्द गरेर आइसोलेशनमा बसेका छन् ।

जनाइए अनुसार प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की शनिवारै देखि होम आइसोलेशनमा रहेको र आज आइतवार उनीहरुको पिसीआर परीक्षण गर्ने बताइएको छ ।

मन्त्री कार्की होम आइसोलेशनमै बसेको र पिसीआर रिर्पोट आएपछि मात्र थप आइसोलेशन वा भेटघाट भन्ने कुराको टुंगो लाग्ने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले शनिवारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका थिए ।
प्रधामन्त्री र अध्यक्ष ओलीको भेटघाटमा संसदमा लामोसमयदेखिको अवरोध खुलाउनका लागि छलफल भएको बताइएको छ ।

वि.सं.२०७८ पुस २५ आइतवार ०९:१० मा प्रकाशित

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...