पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्तको पहाडि क्षेत्रमा भारी हिमपातका कारण २२ जनाको मृत्यु भएको छ ।
उक्त हिमपातमा एकहजार भन्दा बढी पर्यटक बोकेको सवारी साधनहरुहरु रोकिएको चिसोका कारण लामो समयसम्म गाडीभित्रै हिटर लगाएर बस्दा अक्सिजनको कमी भएर मानिसहरुको मृत्यु भएको बताइएको छ ।
बिबिसीका अनुसार मृत्यु हुनेमा १० पुरुष, १० महिला र २ जना बालक समेत रहेका छन् ।
भारी हिमपात भएपछि बाटोमै सवारी साधनहरु फसेका कारण गाडीमा रहेका मानिसहरु बेहोस भएको र उद्धारको क्रम जारी रहेको बताइएको छ ।
उक्त प्रान्तमा हिउँ पर्न थालेपछि रमाइलो गर्न पुगेका पर्यटकहरु फर्कने क्रममा बाटोमै फसेका थिए । पाकिस्तानका गृहमन्त्री शेख रसिदले उक्त मुरीं सहरमा केहिदिनयता लाखौ बढी पर्यटक बोकेका गाडीहरु जाने गरेका थिए । मन्त्री शेखले हाल उक्त ठाउँमा पुग्ने बाटो बन्द गरे पनि केही भने अझै पनि त्यहाँ पुगेको बताएका छन् ।
बाटोमै फसेका पर्यटकहरुले त्यहाँ पर्यटक मात्र नभएर स्थानीयहरु समेत समस्यामा परेको बताएका छन् ।

photo- social media
वि.सं.२०७८ पुस २५ आइतवार १३:१२ मा प्रकाशित



























