back
CTIZAN AD

नेपाली खानालाई विश्वमाझ चिनाउँन सेफहरुको जोड

वि.सं.२०७८ पुस २५ आइतवार

639 

shares

काठमाडौँ । नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ ।
सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताए । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ”, उनले भने
अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवद्र्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरु राख्नुपर्ने दबाब दिने उनको भनाइ थियो ।

विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दाबढीलाई होटल तालिम प्रदान गरिसकिएको बताए ।

एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिए ।

एशोसिएसनको तथ्याङ्कअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

एशोसिएसनको अध्यक्षमा लामा

एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

दुईवर्षे कार्यकाल रहेको एशोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ भएका छन् ।
कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्था र एशोसिएसनका पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

 

वि.सं.२०७८ पुस २५ आइतवार १३:२८ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...