झापा । मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालयको गेट अगाडिबाट करिब ५० ग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका-३ गुफाडाँडा बस्ने राकेश तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
वि.सं.२०७८ पुस २५ आइतवार १३:४४ मा प्रकाशित




























