back
CTIZAN AD

जोखिम न्युनिकरणका लागि १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

वि.सं.२०७८ पुस २५ आइतवार

642 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएको छ । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएको हो ।

नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए ।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने नेता महरको भनाइ थियो । कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।
रासस

वि.सं.२०७८ पुस २५ आइतवार १३:१० मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...