Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज सोमवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिगो काम थाल्ने समय छ। प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि नयाँ काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै दाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि श्रम र समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। आम्दानी बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता बढाउनेछ। नयाँ व्यवसाय थालनी हुन सक्छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटकको योग देखिएकाले सजग रहनुहोला।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तारिफयोग्य काम थालनी गर्न सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ। योग्यताले स्वरोजगार बनाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले उपलब्धि प्राप्त हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। अध्ययनतर्फ गुरुजनको मार्गदर्शनले विशेष लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। नयाँ प्रकृतिको काम थालनी गर्न सकिनेछ। दिउँसोदेखि स्थितिमा थप सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त पनि नजिकिनेछन्। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। दिउँसोदेखि आयमूलक कामतर्फ मन जानेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

२०७८ पुस २६ गते, सोमवार, (१० जनवरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज पुष २५ गते आइतवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके