काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले कडा आपत्ति जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकमा सडक बनाउने भनि दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सरकारले भारतसँग कुटनीतिक स्तरमा वार्ता गरेर नेपाली भूमि फिर्ता लिनका लागि अविलम्ब पहल गर्नुपर्ने समेत बताएका छन् ।
लिपुलेकमा सडक बनाउने भारतीय प्र.म नरेन्द्र मोदीले हालै दिनुभएको अभिव्यक्ति आपत्तिजनक छ । कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारतसँग कुटनीतिक स्तरमा वार्ता गरी नेपाली जमिन फिर्ता लिनका लागि नेपाल सरकारको तर्फबाट अविलम्ब पहल होस् ।’ नेता गुरुङले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

वि.सं.२०७८ पुस २६ सोमवार ०९:३३ मा प्रकाशित




























