back
CTIZAN AD

दलाललाई झण्डै ३५ लाख तिरेर अमेरिका हिँडेका बोहोरा बाकसमा फर्किए

वि.सं.२०७८ पुस २६ सोमवार

807 

shares

काठमाडौं । दलाललाई ३५ लाख तिरेर अमेरिका जान हिँडेका रुकुमका युवाको अफ्रिकाको घानास्थित एयरपोर्टमा मृत्यु भएको झण्डै डेढ महिनापछि शब स्वदेश फर्काइदैछ ।

मानव तस्करको चुङ्गलमा परेर अमेरिका जानका लागि झण्डै ३५ लाख डुबाएर अफ्रिकी देश हुँदै अमेरिकाका लागि हिँडेका रुकुमकमा रुपक बोहोराका घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा मा मृत्य भएको थियो ।

उनको शब कतार एयरवेजको जहाजबाट सोमबार नेपाल ल्याइने भएको हो । रुकुमको बाफिकोट घर भएका उनको शबलाई गाउँमै लगेर दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

आकरा एयरर्पोटमा अचेत भेटिएका थिए बोहोरा
अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एयरलाईन्स ०७८८ नम्बरको जहाज हुँदै गत १८ नोभेम्बरमा दुबई आउन लागेका २७ वर्षीय बोहोरा गम्भीर विरामी भएपछि इमिरेट्स एयरलाइन्सले विरामी अवस्थामै अलपत्र अवस्थामा आकरा एयरपोर्टका अधिकारीको जिम्मा लगाएर छोडेको थियो ।

आकरा बिमानस्थलमा इमिरेट्स एयरलाइन्सले अलपत्र छोडेपछि एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा बोहोरा सिकिस्त अवस्थामा रहेको थाहा पाएपछि एनआरएनए घानाको समन्वयमा घानाको आकारा शहरस्थित सुबिधा सम्पन्न अस्पतालमा उपचरा गराइएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनलाई बचाउन नसकिएकोमा एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।
उनको उपचार र शब फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ लगायत पदाधिकारीहरुले समन्वय गरेका थिए भने उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहतकोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएको थियो ।

शव रुकुम पुर्याउन एनआरएनएले सहयोग गर्ने
बोहोराको शव रुकुमसम्म पुर्याउनका लागि एनआरएनएको काठमाडौंस्थित अन्तर्राष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समितीका पूर्वकोषाध्यक्ष  हिक्मत थापाले यस बारेमा जानकारी दिँदै यस दुःखद परिस्थितिमा साथ दिई उनको उपचार र शब फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना, एनआरएनए अफ्रिका राहत कोष, एनआरएनए आइसीसी, नेपालस्थित तारक केसी लगायतलाई आभार व्यक्त गरेका छन् ।

 

अपडेटः अफ्रिकाको एयरपोर्टमै अचेत अवस्थामा छोडिएका रुपक बोहोराको निधन

वि.सं.२०७८ पुस २६ सोमवार ११:१७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...