back
CTIZAN AD

अपडेटः अफ्रिकाको एयरपोर्टमै अचेत अवस्थामा छोडिएका रुपक बोहोराको निधन

वि.सं.२०७८ मंसिर ११ शनिवार

2K 

shares

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा निधन भएको छ ।

अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एयरलाईन्स ०७८८ नम्बरको जहाज हुँदै गत १८ नोभेम्बरमा दुबई आउन लागेका २७ वर्षीय रुकुमका रुपक बोहोरा गम्भीर विरामी भएपछि इमिरेट्स एयरलाइन्सले विरामी अवस्थामै आकरा एयरपोर्टको आधिकारीक व्यक्तिलाई जिम्मा लगाएर छोडेको थियो । उनको शनिवार बिहान आकरास्थित Ridge Hospital  मा उपचारका क्रममा मृत्यु भएको एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले आफूहरुको ठूलो कोशिष र सहयोगका बाबजुद पनि बोहोरालाई बचाउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । अस्पतालले जनाए अनुसार बोहोराको मलेरियाका कारण निधन भएको हो ।

अफ्रिकी देश सिरोलेनियाबाट गत १८ नोभेम्बरमा अफ्रिकी देश घाना आएका उनी सोहि दिन घानाको आकरा एयरपोर्टबाट इमिरेट्स एयरलाईन्सको इके ०७८८ नम्बरको जहाज हुँदै दुवइ आउन लागेका थिए । बोहोरा गम्भीर विरामी भएपछि एयरलाईन्सले आकरा एयरपोर्टको आधिकारीक व्यक्तिलाई जिम्मा लगाएर छोडेको कुरा पछि जानकारीमा आएको थियो ।

No description available.

घानामा नेपाली दूतावास नभएकाले एयरपोर्टका अधिकारीले घानास्थित भारतीय दूतावासलाई खबर गरेका थिए । भारतीय दूतावासले बोहोरालाई उक्त अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरेको थियो ।

अस्पतालमा उपचार गराइरहेका उनलाई एनआरएनए घानाका पदाधिकारीहरुले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

हाल नाइजेरियामा रहेका गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाका अनुसार बोहोराको उपचार गराउने सबै जिम्मा सुरुमा भारतीय दूतावासले गरेको र पछि एनआरएनए घानाले आर्थिक, औषधि लगायत सबै भौतिक सहयोग गरेको थियो ।

बोहोराको उपचारका लागि झण्डै १ लाख एनआरएनए घाना र १ हजार डलर एनआरएनए अफ्रिकाको राहत कोषले खर्च गरेको र अन्य केहीले पनि बोहोरोका उपचारका लागि आर्थिक सहयोग पठाएको थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

इमिरेट्स एयरलाईन्सको अमानविय व्यवहार, सिकिस्तै रहेका नेपाली युवालाई अफ्रिकाको एयरपोर्टमै छाडिदियो

वि.सं.२०७८ मंसिर ११ शनिवार १९:४० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...