back
CTIZAN AD

इमिरेट्स एयरलाईन्सको अमानविय व्यवहार, सिकिस्तै रहेका नेपाली युवालाई अफ्रिकाको एयरपोर्टमै छाडिदियो

वि.सं.२०७८ मंसिर ८ बुधवार

1.9K 

shares

अफ्रिका । अफ्रिकी देश घानाको आकराबाट इमिरेट्स एरलाईन्सको जहाज हुँदै दुबई आउन लागेका रुकुमका रुपक बोहोरालाई एयरलाईन्सले अमानविय रुपमा आकरा एयरपोर्टमै छोडेर हिँडेको समाचार प्राप्त भएको छ ।

अफ्रिकी देश सियरालियोन (घानाको छिमेकी राष्ट्र) बाट घानाको अकारा एयरपोर्टलाई ट्रान्जिट बनाउँदै दुबई आउन लागेका बोहोरालाई उक्त एरलाईन्सले सिकिस्त रुपमा एयरपोर्टमै छाडेर हिँडेको हो ।

No description available.

नोभेम्बर १८ आकरा एयरपोर्टमा आइपुगेका उनलाई एयरलाईन्सले त्यहि अचेत अवस्थामा छोडेर हिँडेपछि घानास्थित इन्डियन हाइकमिसनको सहयोग र समन्वयमा उनको अहिले Accra कोRidge Hospital मा उपचार भइरहेको गैरआवासीय नेपाली अभियन्ता तथा नाइजेरियामा रहेका समाजसेवी हिक्मत थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘इमिरेट्स एरलाईन्सबाट दुबई सम्म जाने टिकट थियो बोहोराको । तर एयरलाईन्सले सामान्य मानवियता पनि निभाएन । सिकिस्त रहेका उनलाई एयरपोटर्एमै छाडेर हिँडेछ ।’ थापाले भने ।

थापाका अनुसार उनलाई एयर्पोर्टभित्र र बाहिरको सुबिधा सम्पन्न अस्पतालमा ल्याउन र उपचार गराउन एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ, दिनेश पान्डेय, बिकास सुवेदी, एनआरएनए घाना परिवार लगायतको समन्वय र सहयोगमा उनको उपचार भइरहेको छ ।

‘उहाँहरु लगायत घानास्थित इन्डियन हाइकमिशनको कार्यालय, भारतीय कम्युनिटी, नेपाल दूतावास साउथ अफ्रिका, आइभोरीकोस्टस्थित महामहिम भारतीय राजदूतज्यू र मित्र कृष्ण डुम्रे (आइभोरीकोस्ट) को समन्वय सहयोगका लागि हार्दिक आभारी छौ ।’ थापाले भनेका छन् ।

May be an image of text that says 'WETR*3< ELECTRONIC TICKET RECORD INV: CUST: :1766320688303 ISSUED:16NOV21 16NOV21 NAME BOHARA/RU FORM OF PAYMENT 1 CASH CPN A/L FLT CLS DATE KP 0023 L 18NOV CRS CODE:7766 CODE PNR PNR:CDXGBW IATA:10301211 PCC:AC68 FCI: EK 0788 K 18NOV BRDOFF TIME ST F/B STAT FNAACC 0845 OK KSSOSGH1 USED NVB:18NOV21 NVA:18NOV21 NVA:1 BAG:2PC ACCDXB 1850 OK KSSOSGH1 SUSP NVB:18NOV21 NVA:18NOV21 BAG:2PC FARE TOTAI USD684.00 NDDE2A COLITVAL ENT CADE DATD'

हाल सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेका बोहोराको स्थिति सुधार भइरहेको छ । उनको अक्सिजनको सहारामा उपचार भइरहेको थापाले जानकारी दिएका छन् । उनले बोहराका बारेमा नेपाली दूतावास साउथ अफ्रिकालाई घानास्थित भारतीय दूतावाससँग समन्वय गरेर अगाडि बढ्नुपर्ने भन्दै दूतावासका कार्यवाहक राजदूत विष्णु ढकाललाई अनुरोध गरिएको बताएका छन् । साथै बोहोराको नेपालका आफन्तलाई पनि सम्पर्क गर्ने कोशिष भइरहेको उनले जानकारी दिएका छन् ।

थापाले भारतीय दूतावास र नेपाली दूतावासकै सहयोगमा एयरलाईन्सको लापरवाही र एयरलाईन्सबाट बोहराले पाउने क्षतिपुर्तिका लागि पहल गरिदिन अनुरोध गरेको समेत बताएका छन् ।

No description available.

बोहोरा आफै अचेत अवस्थामा रहेकाले उनको उपचारनै पहिलो प्राथमिकता रहेकाले उनका बारेमा विस्तृत रुपमा सबैकुरा बाहिर नआइसकेको थापालेृ बताए । पछिल्लोपटक अफ्रिकालाई ट्रान्जिट बनाएर दलालले धेरै नेपाली युवालाई अलपत्र पारिरहेको समाचार आइरहेका बेला बोहोरा पनि दलालकै सिकार भएको हो कि भन्ने आफुहरुको आशंका रहेको पनि थापाले बताएका छन् ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १७:४५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...