काठमाडौं । नेपाली कांग्रेसका पुराना पुस्तालाई चुनौति दिँदै नयाँ पुस्ताका प्रभावशाली युवा नेता यूवराज न्यौपानेले आसन्न महाधिवेशनमा केन्द्रिय सभापती पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी महाधिवेशनमा मनोनित नगर्न आग्रह गर्दै यदि पुःन मनोनित भएमा नेपाली कांग्रेसका कार्यकर्ता तथा नेपाली जनताले अपमान पुर्वक नेतृत्वबाट हटाउने बताए ।
उनले १४ औं कांग्रेस महाधिवेशनले परिवर्तनको माहोल सिर्जना गर्ने बताए । उनले युवाहरुको उम्मेदवार आफु भएको बताउँदै आगामी महाधिवेशनको निर्वाचनमा आफु विजयी हुने निश्चित भएको दावी गरेका छन् । उनले आफ्नो उम्मेदवारीले नेपाली कांग्रेसमा रहेको पालो कुरेर नेतृत्वमा पुग्ने परम्परालाई तोड्ने समेत बताए ।
उनले कांग्रेसका वृद्व नेताहरुलाई इंगित गर्दै अब आफ्नो स्वास्थ्यको ख्याल गर्दै घरमै बसेर भजनकृतन गर्न, तिर्थयात्राको तयारी गर्न भन्दै राजनीतिको जिम्मा युवाहरुलाई दिन अनुरोध गरे ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १७:५९ मा प्रकाशित






























