back
CTIZAN AD

चार महिनामा ६ खर्ब बराबरको सामाग्री आयात, मोबाइल मात्रै २० अर्बको

वि.सं.२०७८ मंसिर ८ बुधवार

747 

shares

नारायण अर्याल । चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ६ खर्ब बराबरको सामाग्री आयात भएको छ ।

जसमा मोवाइल मात्रै २० अर्ब ३४ करोड ८६ लाख बराबरको भएको भन्सार विभागले जनाएको छ । चालु आवको सोही अवधिमा सबैभन्दा धेरै डिजेल मात्रै ३४ अर्ब ३३ करोड २१ लाख बराबरको भएको छ ।

यस्तै, भटमासको कच्चा तेल रु २७ अर्ब २२ करोड ७१ लाख, रु १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, रु १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र रु १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात र निर्यात दुबै बढेको छ । भञ्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ८२ अर्ब १२ करोड १२ लाख बराबरको समाग्री निर्यात भएको छ । त्यस्तै ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी सामाग्रीको आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भन्दा आयातमा ६१ द्यशमलब ५७ प्रतिशत र निर्यातमा १ सय ४ दशमलब २९ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।

चालु आवको ४ महिनामा नेपालले १ सय ३८ वटा देशबाट सामाग्री आयात गरको छ । जसमा सबैभन्दा धेरै सामाग्री भारतबाट गरेको तथ्यांकले देखाएको छ । १ सय ३८ वटा देशबाट ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको सामान आयात गर्दा भारतबाट मात्रै ३ खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको सामाग्री आयात भएको हो । चालु आवको सोही अवधिमा चीनबाट ९४ अर्ब ३० करोड १४ लाख बराबरको सामाग्री आयात भएको विभागले उल्लेख गरेको छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १९:५५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...