back
CTIZAN AD

अर्को जुनी छैन टंकमणि, यो जुनीमा भने तिमीलाई कहिल्यै बिर्सने छैन

वि.सं.२०७८ मंसिर ८ बुधवार

4.9K 

shares

आज, २०७८ मंसिर ८ गते एकाबिहानै नाउँ नलिइकन मित्र कृष्ण बन्जाडेले ‘मेरो गुरु’ भन्दै सम्बोधन गरेर श्रद्धाञ्जली दिएपछि म झसंंग भए । उहाँले नाम नराखेको कारण मैले फोटोमा दुईपटक हेरेँ । मलाई असहज पैदा भयो । श्रीमती मिनाले ‘निकै गहिरिएर अडिनु भो त !’ भन्दासाथ म फेसबुक स्क्रलिङ गरेर तल गए । कमरेड निर्मल कुमार ‘डोर प्रसाद’ को संजालले मेरो आशंका पुष्टि गर्यो । प्रष्ट चिनिने पछिल्लो फोटो र नामसमेत राखेर श्रद्धाञ्जली अर्पण गरेपछि म थप झल्यास्स भए । त्यसपछि लगत्तै त कमरेड पम्फा भुसाललगायतको श्रद्धाञ्जली हेर्दै गए ।

हाम्री सानी विप्लवी नानीले फेसबुकमा लेखिछन् ‘चिनेको, देखेको र भेटेको मानिसको निधनमा साह्रै नमज्जा हुँदो रहेछ’ हो निश्चय पनि त्यो हुन्छ । मानिस सामान्यत हरेक मानिसको मृत्युमा दुःखी हुन्छ । विप्लवीको भाषा र मर्ममा त्योभन्दा निकै बढी वर्गीय अपनत्व छ भने मेरो त बन्जाडे ३४ वर्ष अघिदेखिका साथी र प्रिय कमरेड पनि ।

संम्भवत २०४४ सालमा होला, बुटवलको चिडिया खोला आसपासमा मैले उहाँसँग चिनजान गरेको । त्यतिबेला मोटो मशालको विद्यार्थी संगठनमा सक्रिय आदरणीय लोक सर (लोक बस्याल)ले उहाँ (राम प्रसाद बन्जाडे) ‘छैटो’ को नेता भनेर चीनजान गराइदिएको । त्यतिबेला म संगठनको मिशनमा नभएर बुटवल हुँदै काठमाडौं जाने क्रममा उहाँसँग परिचय हुन पाएको थिए ।

पछि नेकपा (मशाल) को ठोस पहलमा नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन, क. शीतल कुमार नेतृत्वको विद्रोही मसाल, रुपचन्द्रसँग जोडिएका जनमुखि कम्युनिष्टहरु सहितको एकताबाट नेकपा (एकताकेन्द्र) बनेपछि बन्जाडेजीसँग थप सामिप्यता बढ्दै गयो । उहाँ त्यतिबेला क. शितलकुमार नेतृत्वको तत्कालीन समुहमा सक्रिय हुँदै विद्यार्थी नेताको राष्ट्रिय छवि बनाइसक्नु भएको थियो । पार्टी र आन्दोलनमा काम गर्दै जाने क्रममा उहाँसँग फेरि काठमाडौंमै बढि भेट हुन पाइयो । २०५४ श्रावण १२ गते कृष्णध्वज खड्का (हाल लुम्बिनिका अर्थमन्त्री), रामप्रसाद बन्जाडे र देवेन्द्र पौडेल (हालका संघीय शिक्षा मन्त्री) सँग मलाई पनि प्रहरीले पक्राउ गरेर हुनमान ढोका लगिएपछि उहाँसंगको संगत थप भएको थियो ।

No description available.

जनयुद्ध लडेको तत्कालीन नेकपा माओवादीको प्रमुख भातृ संगठन अखिल क्रान्तिकारीका प्रमुख ३ जना नेताहरुसँग संगै पक्राउ गरेर हनुमान ढोका लगिएपछि तीनैजना साथीहरुले भन्नु भएको थियो ‘म सामान्य समर्थक हुँ, चीनजानेको कारण म सँगै परेको हो भनेर भन्नुस्, दुरसंचारका कर्मचारीलाई रिहाइको आवाज उठाउन लगाएर छुट्नसु !’ त्यो मुख्य आशयमै सहमति जनाएका बन्जाडेजीले हाँसो गरेर ठट्यौली पारामा भन्नु भयो–‘नीलमजीलाई भेट्न आउनेले ल्याएको फलफूल र खानेकुराले सबैलाई पुगेको छ, उहाँलाई छुट्न नभनौं ।’ नभन्दै प्रहरीले मलाई छुटाएन । कृष्णध्वज, रामप्रसाद, देवेन्द्र र मलगायतकालाई चारखाल जेलमा राखियो । जेलमा हामी एउटै मेस बनायौं । रमाइला कुरा धेरै हुन्थ्यो । रामप्रसादजी त झन साह्रै रमाइलो साथी । रमाइलोको रुपमा ‘पातलो र मोटो’ को कुरा गर्दा देवेन्द्र पौडेल ‘सुनील’ लाई देखाउँदै ‘उहाँ पो ‘मोटो’ त’ भनेर राजनीतिभित्रका विषय हलुका पार्न खोज्नुहुन्थ्यो । त्यतिबेला जेलभित्र पनि सबैको ध्याउन्न जनयुद्धको सफलतामै केन्द्रीत हुन्थ्यो । कानुनी प्रक्रियाबाट हामी क्रमशः रिहा हँुदै गयौँ । म जागिरमा फर्केर पनि पार्टीको काम नै गरिरहेँ भने उहाँहरु आ–आफ्नो मोर्चा सम्हाल्न लाग्नु भयो ।

सम्भवतः २०५८ मै  होला, म ट्याङलाफाँटमा बस्ने गर्थेँ, एकदिन बन्जाडेजी खोजी–खोजी बस्ने गरी आउनु भयो । गाेरखाकाे जाैबारी चाैकी घटनामा कस्टका साथ बाँचेका र जिउँदो शहिदका रुपमा आएका बन्जाडेको कानमा समस्या बढि बल्झिएको रहेछ । मलाई एकदिन उहाँले केही निराशाका कुरा गर्नुभयो र पाए–मिले राम्रो उपचारको प्रसंग जोड्नु भयो । मैँले त्यतिबेला आफ्नो मनमा लागेको सुझाव दिएको थिए । उहाँ भोलिपल्टै हिँड्नु भयो । पछि २०६० को वार्ताकालमा उहाँसँग भएका छोटा छोटा भेटमा मैले उहाँको बारेमा चासो राखेको र उहाँले मेरो बारेमा राखेको चासो साटदै भावनात्मक सम्बन्ध बढायौं मात्र ।

२०६३ को खुल्ला स्थितिपछि हाम्रो भेट बाक्लिनु स्वभाविकै थियो । आन्दोलनका क्रममा आन्तरिक पीडा, समस्या, छलफल, बेइमानी र धुत्र्याई व्यहोर्नु सामान्य नै हुन्छ । सँगैसँगै काम गर्दा नचाहिदा प्रश्न उठाइदिने, मरेर गएपछि कुशल व्यवस्थापक र आन्दोलनको धरोहर पनि भनिहाल्ने प्रवृत्तिको बन्जाडे पहिलेदेखि नै विरोधी हो । कमजोरी नै नभएको मानिस को होला र ? तर लक्ष्य, उद्धेश्य र ध्येयका लागि जहिले पनि सक्रिय हुने र जीवन अर्पणमा तयारी हुने मानिस मध्ये बन्जाडे पनि एक हुनुहुन्छ ।

२०६६ पछि एकदिन अष्ट ज अभियानका युवराज भण्डारीजीसँग उहाँ ऐक्यबद्धताको कार्यालयमा आएर भन्नु भयो ‘निलम जी पार्टी र आन्दोलनमा लागेको तर छायाँमा परेका वा पारिएका पुराना साथिहरु खोजेर कुनै एउटा नयाँ समुह बनाई पार्टी एकता गराइदिउँ भो !’ उहाँले फर्मको डिजाइन र फोटो कपी समेत तयार बनाएर ल्याएको देखेपछि म र युवराजजीले १० जना जतिको शिफारिस पनि गयौं । तर उहाँले पछि त्यो अभियान रोक्नु भएछ ।

उहाँ त्यसपछि पनि अष्ट ज अभियानमा जोडिएर कृषि क्रान्तिको लहर ल्याउने भन्दै २/४ पटक आउनु भयो । कृषिको कामगर्ने भनेर युवराज भण्डारी, खिम बहादुर महतलगायतका साथीसँग जोडिएको भन्दै अष्ट ज अभियानमा जिम्मेवारी ठोस गरौं पनि भन्नु भयो । त्यतिबेला शायद उहाँले पार्टीको ठोस र महत्वपूर्ण जिम्मेवारी नलिएको भए पनि शहीद प्रतिष्ठानका काममा उहाँको अग्रसरता र लगाव निकै उच्च रहेको अनुभुति मलाई भएको थियो ।

No description available.

२०७० पछि उहाँसँगको आवत–जावत अझ बढ्यो । काठमाडौं आउँदा नभेटिकन कमै जानुहुन्थ्यो । अनामनगर हनुमान थान पछाडिको एउटा चिया पसल उहाँको लामै समय सम्पर्क अड्डा बन्यो । कोरोनाका बिचमा हामी धेरै पटक कुरा पनि भयो । एमसिसिका बिरुद्धमा उत्रने कुरामा उहांले तेजीलो धारणा राखेको पाएं । लगभग १ महिना अगाडि देखि मैले उहाँलाई धेरैपटक फोन गरे । पुराना माओवादीलाई खोजी–खोजी ल्याउनुस् हैं भन्दै केही नाम दिएर पनि भनेको थिए भने बुद्धिजीवी संगठन हाँक्ने साथीहरु जोडिदिन पनि भनेको थिए । उहाँले पहल र प्रयासको जवाफ दिँदै गर्दाका बिचमा हामी संगठनको लुम्बिनी भेला सकेर बुटवल आइसकेपछि मंसीर २ को सांझ कमरेड हुमनाथ न्यौपाने ‘सुदीप’ ले ल कुरा गर्नुस भनेर मोबाइल दिनु भयो । नभन्दै बन्जाडेजीसँग कुरा गर्दा उहाँले भन्नु भयो, ल भोली बिहान त्यहि भेटुला हैं ।’

मंसिर ३ गते बिहान कालिकानगरको मझेरी फुडल्याण्डमा माक्र्सवादी ज्ञान केन्द्रको संक्षिप्त अन्तरक्रिया र भेटघाट कार्यक्रम थियो । अघिल्लो साँझ नै फर्कन्छु भनेको मलाई मनहरीजीको अनुरोध तथा हुमनाथ र लक्ष्मण कमरेडको कमरेडली हार्दिकता मिलेको थियो । कार्यक्रम शुरु नहुदै पनि टंकमणिजीले भनिहाल्नु भयो ‘मनहरिजीले मौका छोप्नु भयो’ पार्टीको व्यस्त काम र योजनाका बीच उहाँ दुई घण्टा भन्दा बढी त्यहाँसँगै रहनु भयो र भन्नु भयो–‘आन्दोलनमा हामीसँगै मम खाने साथी’ भनेर मलाई सम्बोधन गर्नुभयो । बौद्धिक अभियान र अध्ययनको क्षेत्रमा उहाँको प्रतिबद्धता र निष्ठालाई सम्मान गर्दै मनहरीजी र म काठमाडौंतर्फ लाग्यौं ।

No description available.

त्यसको १२० घण्टा वरपर उहाँको निधन भएको खबर आयो । हाल केन्द्रीय प्रतिनिधि भनिएपनि माओवादी आन्दोलन पुनसंगठित गर्न हौसिएको नेताको अभाव भएको छ । रुपन्देहीको पार्टीका साथीहरु र देशभरका तमाम माओवादी आन्दोलनकारीहरुलाई उहाँको निधनले जसरी स्तब्ध बनाएको छ, खुश्वु कमरेड र छोराछोरीलाई कस्तो बनाएको होला ? वास्तवमा बन्जाडेजीले हाम्रो मुटुमा घाउ बनाएर जानु भएको छ । एमसीसी विरोधी मेसेन्जर समुह होस् वा पूराना माओवादीको कमरेड्स भन्ने आन्तरिक समुह होस् पार्टीको कुरा तत्काल राखेर उहांले सू–सूचित गराउनुहून्थ्यो र आफनो पहिचान पस्किइहाल्नु हुन्थ्यो । जनयुद्ध लडेर आएका विचमा त उहांको परिचय निकै बलियो छ । शान्ति वार्तापछि एकता भएका वा अन्य राजनैतिक आस्था राख्नेहरुबिच पनि उहाको इमान्दारिता र सरलताले ठाउँ पाएको छ ।

अलविदा टंकमणि, हामीसँग अर्को जुनी छैन, यो जुनीमा भने तिमीलाई कहिल्यै बिर्सने छैन । अखिल छैठौंको राजनीतिदेखि नेकपा (मसाल), एकता केन्द्र, माओवादी, एमाओवादी र माओवादी केन्द्रसम्मको सहयात्रा सबैलाई सम्झने बनाएर गएका छौ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १७:४४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...