back
CTIZAN AD

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

वि.सं.२०७८ मंसिर ८ बुधवार

723 

shares

८ मंसिर, काठमाडौँ । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तारण गरेका थिए ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १७:०७ मा प्रकाशित

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...