काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ९२० नमुना परीक्षणमा ३३२ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा २३२ जना निको भएका छन् ।
आज थपिएका ३३२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ४७२ पुगेको छ । सोहि अवधिमा ८ लाख १ जना ११२ संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५१३ पुगेको छ ।
त्यस्तै हाल देशैभरी ७,३६१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,९८१ जना होम आइसोलेशन र ३८८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ । मंगलवारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा केही कमि आएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७३ लाख ४३ हजार ६३९ पुगेको छ ।
कूल संख्यामा ९२ लाख ८४ हजार ३३७ जनाले पहिलो मात्रा र ८० लाख ५९ हजार ३०२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १७:०० मा प्रकाशित






























