back
CTIZAN AD

झिनो अङ्कले बढ्यो नेप्से

वि.सं.२०७८ मंसिर ८ बुधवार

669 

shares

८ मंसिर, काठमाडा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ । कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८.८३ र जीवन बीमा ५८.३ अङ्कले घटेको छ । होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३.०४, निर्जीवन बीमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अङ्कले बढेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ५६ हजार ८३४ बराबरको कारोबार भयो । यस्तै, आइसिएफसी फाइनान्स रु १८ करोड ६७ लाख ५४ हजार ३३३, अपि पावर कम्पनी रु १७ करोड छ लाख ३० हजार ८७६, नेशनल हाइड्रोपावर रु १४ करोड दुई लाख ३६ हजार ५४७ र आइएमई जनरल इन्स्योरेन्स रु १२ करोड ८३ लाख १५ हजार ९९० बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।

त्यस्तै, गुर्खाज फाइनान्स २.५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० बराबर भएको छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १७:०० मा प्रकाशित

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...