काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार १७४ नमुना परीक्षणमा ३५१ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा २७३ जना निको भएका छन् ।
आज थपिएका ३५१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १५ हजार १४० पुगेको छ । सोहि अवधिमा ८ लाख ८९० जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५०९ पुगेको छ । सोमबारको तुलनामा मंगलबार मृत्यु हुनेको संख्या बढी हो ।
त्यस्तै हाल देशैभरी ७,३०० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,८६९ जना होम आइसोलेशन र ४३१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार भइरहेको मन्त्रालयद्धारा मंगलवार जारी विवरणमा उल्लेख छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९८ हजार ५११ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७१ लाख ९६ हजार ३७७ पुगेको छ ।
कूल संख्यामा ९२ लाख ६ हजार १८७ जनाले पहिलो मात्रा र ७९ लाख ९० हजार १९० जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
कोरोना भाइरसविरुद्धको खोप नलाएकालाई स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना
वि.सं.२०७८ मंसिर ७ मंगलवार १६:०७ मा प्रकाशित






























