back
CTIZAN AD

कोरोना भाइरसविरुद्धको खोप नलाएकालाई स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७८ मंसिर ७ मंगलवार

744 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

मन्त्रालयले दुई तिहाइ लक्षित जनसंख्यालाई यहि पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य रहेको जनाएको छ । सोहि अनुरुप १८ वर्ष भन्दा माथिका तथा खोप लगाउन छुटेका सबै व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाइरहेको हुनाले सम्बन्धीत स्वास्थ्य कार्यालय, बसोबास गर्ने स्थानीय तह वा वडा कार्यालयमा पुगेर खोप लगाउन अनुरोध गरेको छ ।

त्यसैगरी यसअघि उच्च जोखिम भएका गर्भवती महिलाहरुलाई मात्र कोरोना विरुद्धको खोप दिइएकोमा अब सबै गर्भवती महिलालाई उक्त खोप गर्भवती भएको तीनमहिनापछि दिन सकिने पनि मन्त्रालयले जनाएको छ ।

कोभिड १९ विरुद्धको खोप सबै जनामा सहज तरिकाले वितरण गर्नका लागि काठमाडौ उपत्यकाका मुख्य चारवटा नाकाहरुबाट मंसिर ५ देखि पुष ५ गतेसम्मका लागि खोप दिइरहेको हुनाले खोप लगाउन समेत मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा बयोधा अस्पताल बल्खु, जडिबुटी प्रशोधन केन्द्र कोटेश्वर, नयाँ बसपार्क गंगबु भित्र, कलंकी चोकमा प्रत्येकदिन बिहान १० देखि ३ बजेसम्म खोप लगाइने कार्यक्रम रहेको छ । साथै खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने परिचय पत्र बोकेर जान पनि अनुरोध गरिएको छ । हाल भेरोसेल र एष्ट्रोजिनका खोप वितरण गरिएका पनि मन्त्रालयले जनाएको छ ।

आज ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:१५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...