काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन्। मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
‘मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन, उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ’, ओलीले भने ।
ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताउँदै सम्भव भएसम्म सहमतिमै गर्ने बताए ।
भीम रावलले दिएको उम्मेदवारीप्रति टिप्पणी गर्दै ओलीले रावलको उम्मेदवारी चुनौती नभई आफुप्रतिको माया र सम्मान भएको बताए । उनले सबैलाई प्रतिस्पर्धा गर्न छुट भएको पनि प्रष्ट पारे ।
‘रावलजीले मलाई चुनौती दिनुभएको होइन। उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ। तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छु, उनले भने।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:०६ मा प्रकाशित






























