काठमाडौं । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् । मंगलबार सम्पादकहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले रावलले आफुँलाई माया र सम्मान देखाएको बताए ।
‘रावलजीले मलाई चुनौती दिनुभएको होइन। उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ। तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छु, उनले भने।
थाकेको भए उठ्छु मात्र भनि रावलले भनेको ओलीको भनाई छ । उनले आफ्नो उठ्ने टुंगो नभएको बताउँदै उठ्दा चुनौती दिनेलाई स्वागत गर्ने बताए ।
उनले कसैलाई आग्रह गरेर मलाई सहयोग गर्नुस् भनेर नभन्ने बताए ।
सम्बन्धित समाचार
वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:१८ मा प्रकाशित






























