काठमाडौँ । नेपाल बैंकमा धितो राखिएको जग्गा पत्तै नदिइ बैंकले बिक्रि वितरण गरेको भन्दै व्यवसायी मोहन सहानी मीडियामा आएका छन् । उनी प्रमाणका रुपमा विभिन्न कागजातका प्रतिलिपिसहित मिडियामा आएका हुन् ।
उनले नेपाल बैंकमा आफ्नो नाममा नौ करोड कर्जा भएको र त्यसको ब्याजसहित बिगो १९ करोड तिरेको बताए । उनले बिगो तिरे पनि बैंकले आफ्नो जग्गा फुकुवा नगरी बिक्री गरिदिएको दुःखेसो पोखे ।
बैंकले आफुलाई भ्रष्टाचारको मुद्दा समेत हालेको उनले बताएका छन् । उनले सर्वोच्चको आदेशअनुसार बैंकले जग्गा फिर्ता गर्नु पर्ने बताउँदै जग्गा फिर्ता हुनु पर्ने माग गरेका छन् ।
उनले बैंकले आफ्नो जग्गालाई जिरो भ्याल्लुमा २०६२ देखि ०६४ सम्म बेचेको बताए । उनले खोला नाला भीरपाखाका जग्गा धितो राख्यो भनी आफुलाई मुद्दा लगाइएको बताए ।
उनले काठ्माडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी चार जिल्लामा भएको ९९ सय रोपनी जग्गा नेपाल बैंकमा धितो राखेको बताए । उनले आफु नेपाल प्रहरीलाई रासन सप्लाई गर्ने व्यक्ति रहेको बताएका छन् ।
प्रमाणका रुपमा ल्याइएका कागजातका प्रतिलिपिहरु-




वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:४२ मा प्रकाशित






























