back
CTIZAN AD

नेपाल पेमेन्ट सोलुसन्स्को “वान लिंक” पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट सुचारु

वि.सं.२०७८ मंसिर ७ मंगलवार

621 

shares

७ मंसिर, काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।

साना देखि ठुला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले “वान लिंक” बाट आफ्नो ग्राहकहरुलाई एस्.एम्.एस्. अथवा इमेल लगायत अन्य संचारको माध्यमहरु जस्तै ह्वाट्सएप, भाइवर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउछ । यहाँ, यसले एम्बैंकिङ्ग सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्छ ।

परम्परागत भुक्तानी सेट अपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलव्ध गराइन्थ्यो । यद्यपि, “वान लिंक” मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिङ्ग, एम्बैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउन सक्छन् ।

अहिले, सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि, पछि, यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्नेछ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस््पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ४० भन्दा बढि बैंक, ५० भन्दा बढि रेमिट्यान्स कम्पनी र २० भन्दा बढि वालेटहरु लाई जोड्दै अघि बढिरहेको छ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १६:२३ मा प्रकाशित

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...