काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २१३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ६३२ नमुना परीक्षणमा २१३ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३२५ जना निको भएका छन् ।
आज थपिएका ३२५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ३७५ पुगेको छ । सोहि अवधिमा ८ लाख २ हजार ४७ संक्रमणबाट मुक्त भएका छन् ।
त्यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५२१ पुगेको छ ।
त्यस्तै हाल देशैभरी ७,१५६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,७६१ जना होम आइसोलेशन र ३९५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा १७८ र भेन्टिलेटरमा ३३० जनाको उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७८ लाख ३३ हजार ८१० पुगेको छ ।
कूल संख्यामा ९५ लाख ४३ लाख ४०८ जनाले पहिलो मात्रा र ८२ लाख ९० हजार ४०२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर ११ शनिवार १८:३६ मा प्रकाशित






























