back
CTIZAN AD

बन्द सत्रमा ओलीको सम्बोधन : पार्टीभित्र प्रतिस्पर्धा होइन सहमति खोजिनुपर्छ

वि.सं.२०७८ मंसिर ११ शनिवार

771 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धाको अभ्यास भन्दा सहमतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्ने तर, पार्टीभित्र एकता हुनुपर्ने बताए ।

१० औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ ।’

उनले एकताको पक्षमा पार्टीभित्र भएको संघर्षले नै एमाले अहिलेको अवस्थामा आएको बताए । महाधिवेशनमा पदाधिकारी चयनको विषयलाई लिएर भएको प्रतिस्पर्धाप्रति इंकित गर्दै सहमतिभन्दा बाहिर जान नहुने बताए ।

ओलीले सुरुदेखि नै पार्टीभित्र सहमतिबाट पदाधिकारी चयन गर्नुपर्ने अडान राख्दै आएका छन् । एकताको महाधिवेशनको भएको कारण सहमतिमै सबै पक्षलाई समेट्नुपर्ने बताएका छन् ।

तर, ओली समूहभित्रै विभाजन देखिए पछि भने सहमतिको विषय कमजोर बन्दै गएको देखिन्छ ।

वि.सं.२०७८ मंसिर ११ शनिवार १८:१२ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...