back
CTIZAN AD

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

वि.सं.२०७८ पुस २६ सोमवार

765 

shares

२६ पुस । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ ।यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन।

उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन् । अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिए ।

न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलले यहाँको एक १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरु भने त्यस तल्ला बाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । उनका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए ।

यहाँका समाचार माध्यमहरुले आगलागीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन् । कतिपय मिडियाले यो आगलागी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन् । न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो ।

आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए । अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन् ।यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरुले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।

वि.सं.२०७८ पुस २६ सोमवार १६:३२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...