काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार आएको रिपोर्टअनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको नेपालको सचिवालयले जनाएको छ।
वि.सं.२०७८ पुस २७ मंगलवार १४:४२ मा प्रकाशित



























