back
CTIZAN AD

सिङ्गै बस्तीमा खानेपानी अभाव

वि.सं.२०७८ पुस २८ बुधवार

702 

shares

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका-४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताए ।

उनका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन । सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ चार पुुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोडन नसकेको बताए।

स्थानीयवासी तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाँही छोइन्छ भन्दै गालीगलौजसमेत गर्ने गरेको बताए ।

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने र बालबालिका पानी खान गएका कारण कुनै कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताए ।
रासस

वि.सं.२०७८ पुस २८ बुधवार १२:०१ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...