काठमाडौं । उद्योग वाणिज्य संघ पोखराले पछिल्लो समय सरकारले गरेका गतिबिधिले निजी क्षेत्रको मनोबल गिराउने काम गरेको बताएको छ ।
नारायणहिटी दरबार संग्रहालयभित्र बतास अर्गनाइजेशनले निर्माण गर्न लागेको रेष्टुरेण्टको संरचना सरकारले भत्काएपछि उद्योग वणिज्य संघ पोखराले सरकारले आफै गरेको निर्णयहरु लत्याउने एंव कानुनी राज्यको खिल्ली उडाउने काम गरेको आरोप समेत लगाएको छ ।
‘प्रक्रिया र कानुन विपरित भएका गतिबिधिमाथि राज्यले अंकुश लगाउने कारबाही गर्नु राज्यको कर्तव्य हो । त्यस्ता गतिबिधिमाथि कारबाही गरिनुपर्नेमा संघ स्पष्ट छ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ तर सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनुलाई किर्माथ राम्रो मान्न सकिदैँन ।’
संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टीकरणको मौका समेत नदिइ मन्त्रीकै निर्देशनमा निर्माणाधिन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा रहेको संघको धारणा रहेको विज्ञप्तिमा बताइएको छ ।
‘सम्झौतामा दुवै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरु प्नि स्पष्ट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुवै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहान्छौं संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ती प्रावधान लत्याउने दुवै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहान्छौं । पोखरा उद्योग बाणिज्य संघ यस्ता गतिबिधि तत्काल रोक्न, राज्यबाट भएको ज्याजदतिको क्षतिपूर्ति दिन र कानुनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुर्याएको नोक्सानीको क्षतिपूर्तिका लागि पोखरा उद्योग वाणिज्य संघ माग गर्दछ ।’

दरबार संग्रहालयभित्र क्याफे सन्चालनको ठेक्का सेटिङमा नभएको बतास समूहको दावी (बिज्ञप्तिसहित)
वि.सं.२०७८ पुस २८ बुधवार २१:०९ मा प्रकाशित




























