back
CTIZAN AD

अमेरिका पुगेका चर्चित गायक राजेश पायल राईको भव्य विदाई

वि.सं.२०७८ पुस २९ बिहीवार

567 

shares

शान्तिराज राई, अमेरिका । विभिन्न सांगितीक कार्यक्रममा भागलिन अमेरिका पुगेका राजेश पायल राई नेपाल फर्किएका छन् ।

अमेरिकामा रहँदा विभिन्न संस्थाले आयोजना गरेको सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका राईलाई  मंगलवार अमेरिकाको जोन एफ केनेडी अन्तररास्ट्रिय विमानस्थलमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो । उक्त फेयरवेल नामक कार्यक्रमका आयोजक बुद्द ट्याक्सका पशुपती श्रेष्ठ रहेका थिए ।

No description available.

बिदाई कार्यक्रममा बोल्दै गायक राईले आफु यस्तो खालको बिदाई पाउने पहिलो नेपाली कलाकार भएकाले आफु भाग्यमानी रहेको र यसको श्रेय नेपाली संगीतलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने बताए । ‘यो सम्मान मेरो नभएर सम्पुर्ण गीत संगितको सम्मान रहेको र आगामी दिनमा पनि यसैगरी नेपाली गीत संगीतलाई माया गरिरहनु हुनेछ ।’ राईले भने ।

राईले आफ्नो गीतको प्रसंग जोड्दै भने–मेरो गीतै छ फैलियो माया दुबोसरी यसैगरी दुबोलाई जहाँ फ्याक्नुस त्यहीबाट उम्रिन सुरु गर्छ ।। हो त्यसैगरी तपाईहरूको माया बढोस् नेपाली गीत संगीतले जितोस् ।’

No description available.

कार्यक्रम प्रस्तुतिका क्रममा न्यूर्योकमा राईमाथि भएको घटनाका बारेमा संचारकर्मिले सोधेको प्रश्नमा राईले यसलाई बिर्सन र ती व्यक्तिलाई आफुले क्षमा गरेकोले आफ्नो सुभचिन्तकहरूलाई नि माफ दिन आग्रह गरेका थिए ।

उक्त विदाई कार्यक्रमम समाजसेवी केशबराम राई, आदिवासी जनजाति महासंघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष मिंगमा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुङ समाज अमेरिका कोषाध्यक्ष अंजित गुङ, कलाकार प्रेम गुरुङ, नेपाली अमेरिकन कलाकारका बरिष्ठ उपाध्यक्ष बसन्ती राई,डिजे जांगबु शेर्पा, पत्रकार संजोग आचार्य, सुनिता शर्मा कोईराला, बज्र फ्लिमका रक लामा, अंजान श्रेस्ठ लगायतको उपस्थिति थियो ।

 

वि.सं.२०७८ पुस २९ बिहीवार ०९:४३ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...