back
CTIZAN AD

‘अफगानिस्तानमा वित्तीय सङ्कटका कारण ५० प्रतिशत कारखानाहरूमा काम अवरूद्ध’

वि.सं.२०७८ पुस २९ बिहीवार

783 

shares

काबुल, अफगानिस्तान । अफगानिस्तानका करिब आधा कारखानाले गत वर्षको अगस्टमा तालिवान शासन स्थापना भएपछि देशमा व्याप्त आर्थिक सङ्कटका कारण आफ्नो नियमित सेवा अवरूद्ध भएको रिपोर्ट स्थानीय सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेका छन् ।

‘चेम्बर अफ इन्डस्ट्री एण्ड माइन’लाई उद्धृत गर्दै टोलो न्युजद्वारा सम्प्रेषित समाचार रिपोर्ट अनुसार यी कारखानाहरूले बैंकिङ्ग समस्या र कच्चा पदार्थको अभावका साथै बजारको माग घटेका कारण काम गर्न बन्द गरेका हुन् । चेम्बरका अधिकारी मोहम्मद करीम अजीमीले भने “बजार, बैंकिङ समस्या र बिजुलीको समस्यामा कम मागका कारण ४०–५० प्रतिशत गतिविधि रोकिएको छ ।”

कारखानाका केही मालिकहरूले आफ्नो व्यवसायिक गतिविधि सञ्चालन गर्न बिजुलीको अभावमा आफ्नो चिन्ता व्यक्त गरेका अन्य अफगानी सञ्चारमाध्यमले पनि जनाएका छन् ।
आफ्नो बिजुलीको आवश्यकताको लागि अफगानिस्तान ज्यादातर मध्य एसियाली देशहरूमा निर्भर हुन्छ ।
हालै उज्बेकिस्तानले अफगानिस्तानमा बिजुली घटाएको छ र देशका अधिकारीहरूले मार्जन पावर स्टेशनमा उत्पन्न भएको प्राविधिक समस्याले गर्दा यो समस्या उत्पन्न भएको एरियाना न्युजले द अफगानिस्तान ब्रेश्ना शेरकत (डीएबीएस) को बयान उद्धृत गरी उल्लेख गरेको छ ।

अफगानिस्तानले वित्तीय समस्यासँगै कठोर मानवीय सङ्कट पार गरिरहेको हुनाले थुप्रै विकास तथा निर्माण परियोजनाहरू रोकिएका छन् ।

यसबीच, तालिबानले अमेरिकी बहिर्गमनपछि आर्थिक सङ्कटग्रस्त देशमा मानवीय संकटको चिन्ताको बीचमा विदेशी सहायता बिना ‘आगामी वित्तीय वर्ष १४०१’ को लागि पहिलो वार्षिक बजेट पारित गरेको छ ।

मङ्गलबारको बैठकमा अफगानिस्तानको इस्लामिक इमिरेट्सले चालु वर्षको अन्तिम साताको बजेटको मूल्याङ्कन गर्नुका साथै वित्तीय वर्षको अवधिमा भएका परिवर्तनबारे छलफल गरेको खामा प्रेसले जनाएको छ । (एएनआई)

वि.सं.२०७८ पुस २९ बिहीवार २१:३६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...