back
CTIZAN AD

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

वि.सं.२०७८ पुस २९ बिहीवार

840 

shares

बेरुत  । लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ ।

ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।

ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए । एएनआई

 

वि.सं.२०७८ पुस २९ बिहीवार २१:३० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...