back
CTIZAN AD

रेमिट्यान्स आप्रवाह घट्यो, विदेशी मुद्राको सञ्चिती १३ वर्षअघिको अवस्थामा

वि.सं.२०७८ पुस २९ बिहीवार

639 

shares

काठमाडौं । चालु आर्थिक वर्षमा बिप्रेषण आयातमा निरन्तर गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार जारी गरेको तथ्यांक अनुसार चालु आवको ५ महिनामा विप्रेषण आप्रवाह ६ दशमलब ८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोडमा झरेको देखिएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ७ दशमलब ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । तर यस्तो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा भने ११ प्रतिशतले बढेको थियो ।

चालु आवको समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४ खर्ब ३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो । तर चालु आवको समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । समिक्षा अवधिमा वैदेशिक रोजगारीको लागि स्वीकृति लिनेको संख्या १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२ दशमलब ७ प्रतिशतले घट्न पुगेको थियो ।

विदेशी मुद्राको सञ्चिती कठिन अवस्थामा
देशको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती घटेर १३ वर्षअघिको कठिन अवस्थामा पुगेको छ । नेपाल राष्ट्रबैंकले पुस २९ गते सार्वजनिक गरेको तथ्यांकले यस्तो अवस्था देखाएको हो । ०६५ फागुनदेखि ०६७ बैशाखसम्म लगातार बैंकहरुसँग ६ दशमलब ८ महिनाको वस्तु तथा सेवा आयात गर्नसक्ने मात्र विदेशी मुद्राको सञ्चिती रहने अवस्था सिर्जना भएको थियो । नेपाल राष्ट्र बैंककाअनुसार आव ०७८÷७९ मा मुलुकमा भएको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलब ५ महिनाको वस्तु आयात र ६ दशमलब ८ महिनाको वस्तु तथा सेवा आयातको लागि पर्याप्त रहने देखिएको छ ।
विदेशी मुद्राको सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ०७८ असार मसान्तसम्ममा १२४४ अर्ब ६३ करोड रहेको थियो । तर चालु आवको ०७८ मंसिर मसान्तसम्ममा विदेशी मुद्राको सञ्चितीमा १२ दशमलब ९ प्रतिशतले कमी आई १०८४ अर्ब ६४ करोड कायम हुन पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७८ असार मसान्तसम्ममा १५४ अर्ब ३९ करोड रहेकोमा ०७८ मंसिर मसान्तसम्ममा १६ दशमलब २ प्रतिशतले कमी आई १२९ अर्ब ४० करोड कायम भएको देखिएको छ ।
चालु आर्थिक वर्षमा चालु खाता पनि निरन्तर घाटामा गएको देखिएको छ । समीक्षा अवधिमा चालु खाता ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । कात्तिक मसान्तसम्ममा चालु खाता २२३ अर्ब १९ करोडले घाटामा थियो । एक महिनामै चालु खाताको घाटा ७७ अर्बले बढ्न पुगेको हो । मुलुकको आर्थिक सन्तुलनको विषयलाई समिक्षा गर्दा यो गम्भिर विषय भएको अर्थविदहरुको धारणा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको छ । चालु आबको कात्तिक मसान्तसम्ममा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा थियो । यसरी एक महिनामै शोधानान्तर स्थितिको घाटा पनि करिब ४५ अर्बले बढेको देखिएको छ ।

मूल्य वृद्धि लक्ष्यभन्दा बढी
सार्वजनिक विवरण अनुसार चालु आवको मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको देखिएको छ । तर नेपाल राष्ट्रबैंकले चालु आवमा मूल्य वृद्धिदर छ दशमलव पाँच प्रतिशतभित्रै राख्ने लक्ष्य राखेको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले लिएको वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिएको छ ।

वि.सं.२०७८ पुस २९ बिहीवार २१:२० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...