Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

ओमिक्रोनबाट बालबालिकालाई कसरी जोगाउने ? बालरोग विशेषज्ञ डा. विष्टका केही सुझाब यस्ता



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहरले विश्व क्रमशः संकट उन्मुख देखिएको छ । नेपालमा पनि यसको प्रकोप गुणात्मक रुपमा वृद्धि भइरहेको देखिन्छ । कोरोनाको पहिलो र दोस्रो लहरमा विशेषतः युवा र वृद्ध उमेरका मानिसहरु नराम्रोसँग प्रभावित बनेका थिए । तेस्रो लहरको सुरुवाती संकेत पनि युवा तथा वृद्धहरुमा नराम्रो देखिएको छ । तथापी बालबालिका पनि यसको प्रकोपबाट नराम्रोसँग प्रभावित हुनसक्ने अवस्था देखिन्छ ।

संसार न्यूज डटकमकी संवाददाता टिका कुरुम्बाङले कोरोनाको तेस्रो लहर र बालबालिकाको अवस्थाको विषयमा कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टसँग केही जिज्ञासा राखेकी छिन् । बालरोग विशेषज्ञ डा. विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोनाको अर्को लहर सुरु भए जस्तो देखिएको छ । बालबालिकालाई कोरोनाबाट कत्तिको जोखिम छ ? बाल विशेषज्ञको हिसाबले तपाईँले कसरी हेर्नुभएको छ ?

अहिलेको परिस्थिति हेर्दा हामी तेस्रो लहरमा गए जस्तो लाग्छ । किनभने एक हप्तामै करिब पीसीआर पोजेटिभ रिपोर्ट ४ प्रतिशतबाट बढेर करिब २७.५ प्रतिशत पौष २८ सम्म पुगेको छ । त्यस हिसाबले हाम्रो देशमा तेस्रो लहर आएको हुन सक्छ । अहिले हामीकहाँ बच्चाहरुको प्रसेन्टेज पनि सबैको प्रसेन्टेज बढेको हुनाले बढ्नु स्वभाविक नै हो । हालसम्मको अवस्थालाई हेर्दा विभिन्न देशहरुमा पोजेटिभिटीरेट अति नै भए पनि त्यसमा अस्पताल भर्ना हुने रेट कम देखिन्छ । तथापी बढ्दो संक्रमणदरलाई हेर्दा यही हुन्छ भन्ने अवस्था छैन । बालबालिकालाई के–कस्तो जोखिम छ सरल ढंगले भन्न सकिन्न ।

बालकालिकामा अहिलेसम्म के–कस्तो प्रकारले प्रकोप देखिएको छ भनेर हामी भनिहाल्न सक्ने अवस्थामा छैनौ । तर, अमेरिकाको डाटाहरुलाई हेर्दा, अस्पतालहरुमा बाल, वृद्व सबै उमेरका भर्ना हुने संख्या बढीरहेको देखाउँछ । तर कतिपय युरोपेली देशहरुमा केसहरु बढे पनि बिरामी भर्ना हुनेको संख्या भने बढेको छैन । त्यस अर्थमा यो कस्तो किसिमबाट हुन्छ भन्ने अवस्था यकिन छैन ।

यसअघि दुई पटकका लहरमा विशेषतः युवा र बृद्धलाई नराम्रोसँग प्रभावित बनाएको थियो । पछिल्लो पटक देखिएको ओमिक्रोनको प्रकोप बालकालिकालाई कस्तो देखिएको छ ?

बालकालिकामा अहिलेसम्म के–कस्तो प्रकारले प्रकोप देखिएको छ भनेर हामी भनिहाल्न सक्ने अवस्थामा छैनौ । तर, अमेरिकाको डाटाहरुलाई हेर्दा, अस्पतालहरुमा बाल, वृद्व सबै उमेरका भर्ना हुने संख्या बढीरहेको देखाउँछ । तर कतिपय युरोपेली देशहरुमा केसहरु बढे पनि बिरामी भर्ना हुनेको संख्या भने बढेको छैन । त्यस अर्थमा यो कस्तो किसिमबाट हुन्छ भन्ने अवस्था यकिन छैन । नेपालको सन्दर्भमा हाम्रो देशमा हामी करिब एक हप्तामै करिब ४ प्रतिशत पोजेटिभिटी बाट २७.५ पीसीआरको पोजेटिभिटी रेट बढेको छ । अब यो हिसाबले त ६/७ गुणा नै बढेकोे देखिन्छ । त्यस अर्थमा हामी पनि सचेत हुन जरुरी छ ।

खोप कार्यक्रम पनि बालबालिकाका लागि आएको देखिन्न । यसबाट थप जोखिम भएको मान्न मिल्छ ?

अहिलेसम्म संसारको स्थिती हेर्दा करिब १२ वर्षदेखि माथिका बालवालिकालाई संसारभरि नै खोप दिइएको छ । हाम्रो देशमा पनि दिइरहेको छ । कतिपय देशहरुमा त्यसभन्दा सानो उमेरको बालवालिकालाई पनि खोप दिइएको छ । तर हामीले अध्ययन गर्दा बुझ्दा कोभिड बालबालिकामा त्यति कडा किसिममा प्रस्तुत भएको पहिलो लहरमा पनि थिएन, दोस्रो लहरमा पनि छैन र अहिलेसम्म पनि त्यति केस बढिरहेको देखेका छैनौं । तर यो तत्कालै अन्दाज गर्न चाहीँ गाह्रो हुन्छ ।

रुघा खोकी अथवा श्वास प्रश्वाससम्बन्धी रोग जस्तै कोभिडले झाडा पखाला अरु कुनै पनि प्रकारको लक्षणहरु देखिने हुन सक्छ । यो अर्थमा हामीले के बुझ्नु पर्छ भने बालबालिकामा अचानक कुनै प्रकारले कुनै पनि समस्या कडा किसिमबाट प्रस्तुत भयो भने कोभिड भयो भनेर सोच्नु पर्छ ।

आफ्ना बालबालिकामा कोरोनाको संक्रमण भयो भन्ने कसरी थाहा पाउने ? कस्तो अवस्थामा उपचारमा लाग्ने ?

रुघा खोकी अथवा श्वास प्रश्वाससम्बन्धी रोग जस्तै कोभिडले झाडा पखाला अरु कुनै पनि प्रकारको लक्षणहरु देखिने हुन सक्छ । यो अर्थमा हामीले के बुझ्नु पर्छ भने बालबालिकामा अचानक कुनै प्रकारले कुनै पनि समस्या कडा किसिमबाट प्रस्तुत भयो भने कोभिड भयो भनेर सोच्नु पर्छ ।

बालबालिकालाई यो रोग अन्त कतैबाट पनि सर्न सक्छ । तर, अधिकांश अवस्थामा घर परिवारको अभिभावकबाट सर्ने भएकाले पहिलो काम त हामी अभिभावकहरु यो रोगबाट बच्नुपर्छ । स्वास्थ्यका मापदण्डहरु अपनाउनु पर्छ । साधारणतया रुघाखोकीका लक्षणहरु, झाडापखाला बढी भयो, बालवालिकालाई श्वास फेर्न गाह्रो भयो, खोक्दा खोक्दै निलो भएमा, सुस्त भयो भने कुनै पनि किसिमबाट कोभिड भएको हुन सक्छ । त्यस्तो अवस्थामा अस्पतालमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

बालबालिकालाई कोरोनाको जोखिमबाट जोगाउन के–कस्तो उपाय गर्ने ? एउटा बालरोग विशेषज्ञको हिसाबले के सुझाब दिनुहुन्छ ?

अहिले हाम्रो देशमा विद्यालयहरु बन्द भइरहेको छ । पहिले जस्तै मानिसहरुमा डर त्रास भएकाले बाहिर हिँडडुलमा पनि कमी आएको देखिन्छ । त्यसैले बालबालिकालाई बचाउनका लागि पहिले अभिभावकले आफुलाई यो रोगबाट बचाउ आवश्यक छ । अभिभावक रोगबाट बचेमा बालबालिकालाई बचाउन सकिन्छ । कसैलाई कोभिड भएमा वा शंका लागेमा उनीहरु छुट्टै आइसोलेसनमा बसेर बालबालिका तथा घरका अन्य व्यक्तिहरुको सम्पर्कबाट टाढा बसेर जनस्वास्थ्यको मापदण्डको पालना गर्नुपर्छ । त्यस अर्थमा बालबालिकालाई बचाउन सकिन्छ र आफुलाई पनि बचाउन सक्छौं ।

बालबालिकालाई बचाउनका लागि पहिले अभिभावकले आफुलाई यो रोगबाट बचाउ आवश्यक छ । अभिभावक रोगबाट बचेमा बालबालिकालाई बचाउन सकिन्छ । कसैलाई कोभिड भएमा वा शंका लागेमा उनीहरु छुट्टै आइसोलेसनमा बसेर बालबालिका तथा घरका अन्य व्यक्तिहरुको सम्पर्कबाट टाढा बसेर जनस्वास्थ्यको मापदण्डको पालना गर्नुपर्छ । त्यस अर्थमा बालबालिकालाई बचाउन सकिन्छ र आफुलाई पनि बचाउन सक्छौं ।

अन्तिममा, यो महामारीको प्रकोपका बीच के–कस्तो खानपानमा जोड दिने ? बालबच्चामा थप प्रतिरोधी क्षमताको विकास गर्न के–कस्तो कुरामा ख्याल गर्ने ?

भर्खरै जन्मेका बालबालिका र ६ महिनासम्मका बालबालिकालाई आमाको दुधमात्र खुवाउने, बालबालिकालाई दिइने भ्याक्सीनहरु दिने, भ्याक्सीनहरु दिएमा बालबालिकामा रोगसँग लड्ने क्षमता बढ्छ । यसले कालान्तरमा फाइदा गर्छ । उमेर पुगेका अथवा एड्ल्टहरुले कोभिडको भ्याक्सीन अनिवार्य लगाउने । झोलिलो पदार्थहरु खाने, बच्चालाई नगुम्साउने, जाडो भयो भनेर झ्याल ढोका पुरै बन्द गर्दा अक्सीजनको कमी हुने हुँदा भेन्टीलेसनको व्यवस्था गर्न जरुरी छ । बालबालिकालाई अरुको सम्पर्कबाट टाढा राख्ने गरेमा कोभिडबाट मात्र नभई अन्य रोगबाट पनि बचाउन सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय