back
CTIZAN AD

नेपाली दूतावास अबुधावीको बिद्युतीय राहदानी सम्बन्धी सूचना

वि.सं.२०७८ माघ २ आइतवार

750 

shares

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको सुरु गरेसंगै नेपाली राजदूतावास अबुधावीले पनि युएईमा कार्यरत सम्पूर्ण प्रवासी नेपालीहरुलाई राहदानी नविकरणको सम्बन्धमा जानकारी दिएको छ ।

रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्य युएई एउटा गन्तव्यको थलो बन्दै गएको पाईन्छ । खासगरी दुबईमा रोजगारीसंगै व्यबसाय गर्नेहरुको संख्यामा पनि ह्वाट्टै बृद्धि भएको देख्न सकिन्छ । कुनै सरकारी पक्का तथ्याङ्क नभए पनि लगभग ४ लाखको हाराहारीमा नेपाली कामदारहरु रहेको अनुमान गर्न सकिन्छ । अझै दिनाहुं भित्रिने क्रम भने बड्दो छ ।

युएईस्थित राजदूतावासले वर्तमानमा चलनचल्ती भएको यन्त्रवाचक राहदानी (ःच्ए) को सट्टामा आगामी आउने दिनहरुमा बिद्युतीय राहदानी जारी गर्ने तयारी गरेपछि सो सूचना जारी गरेको हो । उक्त सूचना अनुसार यदि कसैलाई अति नै आवश्यक परेको खण्डमा मात्र यन्त्रवाचक राहदानीको लागि आवेदन गर्न सकिने व्यहोरा खुलाएको छ । खासै आवश्यक नपरेकोे भए बिद्युतीय राहदानीको लागि केही समय पर्खन समेत आग्रह गरेको छ ।

साथै युएईको सरकारी बिदाको बारेमा नयां कार्य सूचि जारी गरे लगत्तै दूतावासको कार्यालय १ जनवरी २०२२ बाट शनिबार र आईतबार बिदा रहने छ भने सोमबारदेखि शुक्रबारसम्म कार्यालयको समय बिहान ९ बजेबाट सांझको ५ बजेसम्म खुला रहने जानकारीमा आएको छ ।

 

वि.सं.२०७८ माघ २ आइतवार १२:२१ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...