back
CTIZAN AD

बल्ल कानूनी फन्दामा पर्ने भए योगेश, मन्त्री आलेले खोले चार्टर फ्लाइट प्रकरणको फाइल

वि.सं.२०७८ माघ २ आइतवार

582 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताको पुनः छानबिन थालेका छन् । उनले उक्त अनियमितताबारे छानबिन गर्न सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

मन्त्री आलेले जनाएअनुसार १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरि शुक्रबार छानबिन समितिको गठन गरिएको थियो । समितिले शुक्रबारदेखि नै छानबिन सुरु गरेको छ ।

तत्कालिन समय चार्टर फ्लाइट प्रकरण विवादमा तानिएपछि सहसचिव सुरेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त समितिले उक्त प्रकरणमा व्यापक अनियमितता भएको ठहर गरेको थियो । तर, आफुँसमेत कारबाहीमा तानिने अवस्था बनेपछि तत्कालिन मन्त्री योगेश भट्टराईले उक्त प्रतिवेदनलाई नै सार्वजनिक गराएनन् ।

पटक–पटक विवादमा तानिएपछि उनी पछिका मन्त्री उमाशंकर अरगरियाले पनि उक्त विवादित प्रकरणमाथि पुनः छानबिन गराएका थिए । तर, उनको प्रतिवेदनले औंल्याएका दोषीमाथि पनि कारबाही हुन सकेन ।

बेला–बेला चर्चामा आउने गरेको उक्त प्रकरणबारे तेस्रो पटक मन्त्री आलेले छानबिन थालेका हुन् । पहिलो र दोस्रो प्रतिवेदनले स्पष्टै रुपमै अनियमितता भएको ठहर गरेकोले उक्त प्रकरणमाथि पुनः छानबिन थालिएको मन्त्रालयले जनाएको छ ।

चर्को कमिसनको लेनदेनमा भएकाे थियाे चार्टरमा

कोभिड महामारीसँगै तत्कालिन समय आन्तरिक तथा बाह्य उडान रोकिएको थियो । नियमित बाह्य उडान रोकिएसँगै विशेषतः खाडी मुलुकमा रहेका नेपाली कामदारहरु अलपत्र परेका थिए । खाडीमा अलपत्र पर्ने नेपाली कामदारलाई नेपाल ल्याउन चार्टर फ्लाइटको व्यवस्था गरियो तर, २७ हजार लाग्ने साउदी अरबसम्मको भाडालाई झण्डै दुई लाखसम्म असुल गरियो ।

अनौठो विषय, नेपाल वायु सेवा निगमका जहाजहरु ग्राउण्डेड गराएर निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई चार्टरमा प्रयोग गरिएको थियो । जसमा सिधै तत्कालिन मन्त्री योगेश भट्टराईको निर्णयअनुसार उक्त काम भएको थियो ।

झण्डै १० गुणासम्म महंगो भाडा लिएर गरिएको चार्टर फ्लाइटको प्रकरण सार्वजनिक भइरहँदा मन्त्रीसम्म कमिसनको लेनदेन भएको विषयसमेत बाहिरिएको थियो । तत्कालिन समय भाडा महंगो लिए वापत ४० प्रतिशतसम्म कमिसन व्यवसायीले मन्त्रीसम्मलाई दिएको कुरा कतिपय सञ्चारमाध्यमले प्रमाणसहित सार्वजनिक गरेका थिए ।

छानबिन समितिले पनि उक्त प्रकरणमा तालुकवाला मन्त्री, सचिवदेखि वायु सेवाका तत्कालिन जिम्मेवार पदाधिकारीलाई दोषी देखाएको थियो । तर, दुई/दुई पटक गरिएका छानबिन प्रतिवेदन नै सार्वजनिक गराइएन् ।

मन्त्री आलेले सञ्चारमाध्यमसँगको कुराकानीमा बताएअनुसार तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराई उक्त प्रकरणमा पूर्णं जिम्मेवार छन् । छानबिन समितिले पनि उनलाई दाेषी ठहर्याएकाे छ ।

वि.सं.२०७८ माघ २ आइतवार १३:४० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...