बुटवल । रुपन्देहीको बुटवलमा सडकको खाल्डोमा एक युवक मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी घर भई बुटवलमा बस्दै आएका शोभाखर पन्थ योगीकुटीबाट पश्चिमतर्फको सडकमा मोटरसाइकलसहित मृत भेटिएका हुन् ।
कलाकारिताको क्षेत्रमा काम गर्दै आएका पन्थ शनिवार राति लु ७० प १३५३ नम्बरको मोटरसाइकलसहित दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् ।
पन्थलाई आइतवार बिहान सडक किनारको खाल्डोमा मृत अवस्थामा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
वि.सं.२०७८ माघ २ आइतवार १३:३० मा प्रकाशित






























