back
CTIZAN AD

पुख्र्यौली पेसालाई ‘ब्रान्ड’ बनाउन जुटेका छन् मानन्धर युवा

वि.सं.२०७८ माघ २ आइतवार

594 

shares

भादगाउँ । भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुख्र्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुख्र्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् ।

पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाइमा करिब लोप हुने अवस्थामा पुगेको परम्परागत पेसालाई पुनरुत्थान गर्न ती समुदायका युवा अघि सरेका हुन् । प्रारम्भिक चरणका छलफलमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका ती समुदायका युवा सहभागीले तोरीको तेल उत्पादनसम्बन्धी अध्ययन समितिसमेत गठन गरेका छन् ।

समितिको संयोजकमा भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर रहेका छन् भने सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन् । “लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीका रूपमा विकास गर्छाैं,” भक्तपुर चेम्बरका अध्यक्ष एवम् अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भनेका हुन । साना उद्योगका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेसा पूँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तरसम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएका उनको दाबी छ ।

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवालाई समेटेर परम्परागत पेसालाई लोप हुनबाट बचाउने अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्रान्ड बनाउनको लागि सङ्घको अगुवाइमा अध्ययन समिति बनाएको अध्यक्ष न्हुछेरत्नले बताए । समितिले भक्तपुरमा स्थानीयस्तरमा परम्परागतरुपमा भइरहेको तोरीको तेलको उत्पादन, व्यवसायीका समस्या र चुनौतीका बारेमा व्यवसायीसँग थप छलफलका साथै यसको बजारको अवस्था, गुणस्तरका बारेमा समेत विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।

छलफलमा पुख्र्यौली पेसा अँगाल्दै आएका नगरको साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुर थिमिको चोडे टोलका व्यवसायीहरू,सङ्घका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू र चेम्बरका प्रतिनिधिहरु सहभागी थिए । दोस्रो चरणमा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत समेट्ने बताइएको छ ।

वि.सं.२०७८ माघ २ आइतवार १३:१५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...