back
CTIZAN AD

नेपालमा कोरोनाका सक्रिय संक्रमित २१ हजार बढी, कुन प्रदेशमा कति संक्रमित छन् त ?

वि.सं.२०७८ माघ २ आइतवार

582 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमण हुनेको संख्या दैनिक बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवारसम्म नेपालमा कोरोना संक्रमण भएका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेका छन् ।

ती मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा होम आइसोलेशनमा १४ हजार ५१३ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा ५८६ जनाको उपचार भइरहेको छ । साथै बागमती प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ७५ जना र भेन्टिलेटरमा १६ जनाको उपचार भइरहेको छ ।

दोस्रोमा प्रदेश १ मा २०११ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १९३८ र संस्थागतमा १६ जना रहेका छन् भने आइसीयुमा १६ र भेन्टिलेटरमा ५ जनाको उपचार भरइरहेको छ ।

त्यसैगरी तेस्रोमा गण्डकी प्रदेशमा १६२१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १५५२, संस्थागत आइसोलेशनमा ३४, आइसीयुमा ५ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा १४५० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १३५६, संस्थागत आइसोलेशनमा ७८, आइसीयुमा १५ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

प्रदेश २ मा १०५८ जना सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेशनमा १०५८ र संस्थागत आइसोलेशनमा ६ जना रहेका छन् भने आइसीयुमा ४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै सुदुरपश्चिम र कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या कम रहेको छ । हाल सुदुरपश्चिम प्रदेशमा ८८० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५५२ जना होम आइसोलेशन र ३२२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै आइसीयुमा ४ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा २२३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशन, आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

हालसम्म कुन प्रदेशमा कतिजनाले ज्यान गुमाए त ?
स्वास्थ्य मन्त्रालयद्धारा जारी कोरोना संक्रमण भएदेखि हालसम्म (शनिवारसम्म) को तथ्यांक अनुसार बागमती प्रदेशमा ४,९८५, लुम्बिनी प्रदेशमा १८२९, प्रदेश १ मा १६७४, गण्डकीमा १३८८, प्रदेश २ मा ७७४, कर्णाली प्रदेशमा ४७८ र सुदूरपश्चिममा ४८९ जना गरी हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भएको छ ।

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका जिल्ला
मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र गण्डकी प्रदेशको कास्की, सुदस्रपश्चिम प्रदेशको कैलाली गरी ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी हुन् २०० भन्दा बढी संक्रमित रहेका जिल्ला
त्यस्तै २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा प्रदेश १ को झापा, २ को धनुषा, बागमती प्रदेशको मकवानपुर र काभ्रेपलान्चोक, गण्डकी प्रदेशको नवलपरासीपूर्व र लुम्बिनी प्रदेशको बाँके र रुपन्देही गरी ७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

वि.सं.२०७८ माघ २ आइतवार १३:१२ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...