back

नेपालमा कोरोनाका सक्रिय संक्रमित २१ हजार बढी, कुन प्रदेशमा कति संक्रमित छन् त ?

वि.सं.२०७८ माघ २ आइतवार

186 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमण हुनेको संख्या दैनिक बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवारसम्म नेपालमा कोरोना संक्रमण भएका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेका छन् ।

ती मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा होम आइसोलेशनमा १४ हजार ५१३ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा ५८६ जनाको उपचार भइरहेको छ । साथै बागमती प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ७५ जना र भेन्टिलेटरमा १६ जनाको उपचार भइरहेको छ ।

दोस्रोमा प्रदेश १ मा २०११ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १९३८ र संस्थागतमा १६ जना रहेका छन् भने आइसीयुमा १६ र भेन्टिलेटरमा ५ जनाको उपचार भरइरहेको छ ।

त्यसैगरी तेस्रोमा गण्डकी प्रदेशमा १६२१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १५५२, संस्थागत आइसोलेशनमा ३४, आइसीयुमा ५ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा १४५० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १३५६, संस्थागत आइसोलेशनमा ७८, आइसीयुमा १५ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

प्रदेश २ मा १०५८ जना सक्रिय संक्रमित रहेका छन् । होम आइसोलेशनमा १०५८ र संस्थागत आइसोलेशनमा ६ जना रहेका छन् भने आइसीयुमा ४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै सुदुरपश्चिम र कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या कम रहेको छ । हाल सुदुरपश्चिम प्रदेशमा ८८० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५५२ जना होम आइसोलेशन र ३२२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै आइसीयुमा ४ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा २२३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशन, आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

हालसम्म कुन प्रदेशमा कतिजनाले ज्यान गुमाए त ?
स्वास्थ्य मन्त्रालयद्धारा जारी कोरोना संक्रमण भएदेखि हालसम्म (शनिवारसम्म) को तथ्यांक अनुसार बागमती प्रदेशमा ४,९८५, लुम्बिनी प्रदेशमा १८२९, प्रदेश १ मा १६७४, गण्डकीमा १३८८, प्रदेश २ मा ७७४, कर्णाली प्रदेशमा ४७८ र सुदूरपश्चिममा ४८९ जना गरी हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भएको छ ।

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका जिल्ला
मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र गण्डकी प्रदेशको कास्की, सुदस्रपश्चिम प्रदेशको कैलाली गरी ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी हुन् २०० भन्दा बढी संक्रमित रहेका जिल्ला
त्यस्तै २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा प्रदेश १ को झापा, २ को धनुषा, बागमती प्रदेशको मकवानपुर र काभ्रेपलान्चोक, गण्डकी प्रदेशको नवलपरासीपूर्व र लुम्बिनी प्रदेशको बाँके र रुपन्देही गरी ७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

वि.सं.२०७८ माघ २ आइतवार १३:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन्...

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

नारायणगढ (चितवन) । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल...

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै...

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

म्याग्दी (बेनी) । जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य...

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...