back
CTIZAN AD

घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने

वि.सं.२०७८ माघ ३ सोमवार

978 

shares

बाग्लुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले उक्त जानकारी दिएको हो । उनले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताए ।

“आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ, अब पर्यटनको काम जिल्लाबाटै हुन्छ”, उनले भने, “अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहन्छ ।” त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवद्र्धनका काम सञ्चालन हुने मन्त्री कँडेलले बताए ।

यसअघि पर्यटन सम्बद्ध सङ्घसंस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए । उनले छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय/संयन्त्र नहुँदा स-साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् । पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रुपमा पनि लिइए पनि सोही अनुसार सरकारी संरचना खडा हुन सकेको छैन ।

यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनका सेवामा सबैको पहुँच छैन । मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिए । उनका अनुसार छिट्टै कास्की र बागलुङमा त्यो कार्यालय सञ्चालनमा आउनेछ ।

उनले विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको बताए । “होटल व्यवसायीलाई बिनाब्याज तीन वर्षलाई रु १५ लाख ऋण दिइरहेका छौँ, तर सोच जसरी व्यवसायीले त्यो सुविधा लिन सक्नुभएको छैन”, उनले भने ।

वि.सं.२०७८ माघ ३ सोमवार १२:१२ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...