back

बिजुली बत्ती अभावमा सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या

वि.सं.२०७८ माघ ४ मंगलवार

201 

shares
NTC AD
Global IME AD

डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए । बिपीनगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो ।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो । अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन । विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ । पोल र तार जताततै फालिएका अवस्थामा छन् ।

कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेका स्थानीय उपेन्द्र धामीले बताए । उनले भने, “पोल ढलेका छन्, कतिपय ठाउँमा तार चुँडिएका छन् ।” बिजुली नहुँदा कार्यालयको कामकाजमा बाधा पुगेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको बताए । “तार उपलब्ध हुने बित्तिक्कै काम अघि बढ्छ”, उनले भने ।

रासस

वि.सं.२०७८ माघ ४ मंगलवार १५:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...