५ माघ, काठमाडौँ । भारत र दक्षिण अफ्रिका बिचको पहिलो एकदिवसीयमा भारतले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।
भारतको लागि एकदिवसीयमा केएल राहुलले पहिलो पटक कप्तानी गदैँ छन । रोहित शर्मा चोटिल भएर एकदिवसीय श्रृखलाबाट बाहिरिए पछि केएल राहुलले कप्तानीको जिम्मेवारी पाएका हुन । दक्षिण अफ्रिकाको कप्तानी भने टेम्बा बावुमाले गर्ने छन ।
भारतका लागि आज वेंकटेश अय्यरले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गर्न गईरहेका छन । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार २:१५ बाट सुरु हुनेछ ।
भारतको प्लेइङ्ग-११
केएल राहुल, शिखर धवन, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त, वेंकटेश अय्यर, शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, भुवनेश्वर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल ।
दक्षिण अफ्रिकाको प्लेइङ्ग-११
क्विन्टन डी कक, जेनेमन मलान, एडेन मार्कराम, रस्सी भान डेर डुसेन, टेम्बा बावुमा, डेभिड मिलर, एन्डिले फेहलुकवायो, मार्को जेन्सेन, केशव महाराज, तबरेज शम्सी, लुंगी एनगिडी ।
वि.सं.२०७८ माघ ५ बुधवार १४:०७ मा प्रकाशित
























