back
CTIZAN AD

जसपाद्धारा जनमत पार्टीका नाममा हिंसात्मक गतिबिधि गर्नेलाई कारबाही गर्न माग

वि.सं.२०७८ माघ ९ आइतवार

675 

shares

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले जनमत पार्टीका नाममा हिंसात्मक गतिबिधि गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीले शनिवार एक विज्ञप्ति जारी गर्दै गत माघ ५ गते बलिदानी दिवसको रुपमा रौतहटमा आयोजित श्रदान्जलीसभा कार्यक्रममा जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताको सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई कार्यक्रममा अवरोध गर्नुका साथै हिंसात्मक क्रियकलापमा संलग्न रहेको बताएको छ ।

‘उक्त पार्टीद्धारा गराइएका यस्ता उदण्ड, गैर-राजनीतिक उच्छ्रखंल अभद्र, अशोभनिय र अपराधि कार्यको जसपा, नेपाल घोरा विरोध एवम् भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ जनता समाजवादी पार्टी, नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब अपरान्त नगर्न समेत सचेत गराइन्छ । यस्ता अपराधिक एवम् गैर–राजनैतिक, अराजक,, गैर कानुनी, असमाजिक तथा अमर्यादत क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ ।

मन्त्री यादवको चौतर्फि आलोचना
रौतहटमा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै नेपाल सरकारकी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री समेत रहेकी रेणु यादवले सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएपछि उनको चौतर्फि आलोचना भएको छ ।

मन्त्री यादवले मन्तव्यका क्रममा राउतलाई अर्को गौर नरसंहार हुनसक्ने भन्दै सजग रहन चेतावनी दिएकी थिइन् ।

“राइस मिल अहिले पनि जिवित छ, गौरमा फणा देखाउने प्रयास नगर, यहाँ लाठी भाँच्न मानिसले जानेका छन्, तुफानसँग टकराउने प्रयास नगरे हुन्छ, यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं ।’ यादवले सम्बोधनका क्रममा भनेकी थिइन् ।

मन्त्री यादवको यस्तो अभिव्यक्तिले हिंसालाई प्रश्रय दिने भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न राजनीतिक दल तथा विभिन्न सामाजिक संघ संस्थाले चर्को आलोचना गरेका बेला मन्त्री आवद्ध पार्टीले उनको बचाउ गर्दै राउतको पार्टीका कार्यकर्ता लाठी, भाला र ढुंगामुढासहित उक्त कार्यक्रममा अपराधिक क्रियाकलाप गरेको भन्दै सरकारसँग उनीहरुमाथि कारबाहीको माग गरेको छ ।

 

वि.सं.२०७८ माघ ९ आइतवार ११:१४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...