Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

अनौठो गाउँ जहाँ केटीहरू हुर्किएसँगै बन्छन् केटा, वैज्ञानिकहरू पनि छन् छक्क !



काठमाडौं । अधिकांश केटा र केटीहरूको लागि यौवन एक अनौठो र कठिन समय हो। यस समयमा आवाज भारी हुन थाल्छ, शरीरमा जोश भरिन थाल्छ र कपाल आउन थाल्छ जुन ठाउँमा पहिले कहिल्यै थिएन। तर, विश्वमा यस्तो ठाउँमा पनि छ जहाँ यौवन पलाउँदै गर्दा केटीहरु केटा हुँदै जान्छन् ।

पत्याउन पनि मुस्किल यो कुरा, तर यो बिल्कुल सत्य हो। डोमिनिकन रिपब्लिक देशमा ला सालिनास भन्ने गाउँ छ। जहाँ युवतीहरूको निश्चित उमेरपछि लिङ्ग परिवर्तन हुन्छ । त्यसपछि त्यहाँ केटीहरू केटा बन्छन्। यसै कारण यहाँका जनताले गाउँलाई श्रापित गाउँ मान्छन् । वैज्ञानिकहरूले पनि यो रहस्य आजसम्म पत्ता लगाउन सकेका छैनन् ।

१२ वर्षको उमेरमा केटा बन्छ

ला सालिनास गाउँका धेरै केटीहरू १२ वर्षको उमेरमा पुगेपछि केटा बन्न थाल्छन्। गाउँका केटीलाई केटा बन्ने ‘रोग’का कारण यहाँका जनता निकै त्रसित छन् । जसका कारण यहाँ कुनै अदृश्य शक्तिको छायाँ रहेको गाउँका धेरैले विश्वास गर्छन् । यसबाहेक केही बृद्धबृद्धाले गाउँलाई श्रापित ठान्छन् ।

गाउँमा कसैको घरमा छोरी जन्मिएमा त्यो परिवारमा शोक छाउने गरेको छ । किनकी छोरी हुर्किएपछि केटा बन्ने डर छ । यो रोगका कारण गाउँमा बालिकाको संख्या ह्वात्तै घट्दै गएको छ । यो रहस्यमय रोगका कारण वरपरका गाउँका मानिसहरूले यस गाउँलाई नराम्रो नजरले हेर्ने गरेका छन् ।

रोग आनुवंशिक

यो समुन्द्री गाउँको जनसंख्या करिब ६ हजार छ । आफ्नो अनौठो आश्चर्यका कारण यो गाउँ संसारभरका अनुसन्धानकर्ताहरूको लागि अनुसन्धानको विषय बनेको छ।

अर्कोतर्फ चिकित्सकहरुले यो रोग ‘जेनेटिक डिसअर्डर’ भएको बताएका छन् । स्थानीय भाषामा यस रोगबाट पीडित बालबालिकालाई ‘स्युडोहर्माफ्रोडाइट्स’ भनिन्छ ।

यो रोग लागेका सबै केटीहरुको उमेर पुगेपछि उनीहरुको शरीरमा पुरुष जस्तै अंगहरु बन्न थाल्छ । उसको स्वर भारी हुन थाल्छ र शरीरमा ती परिवर्तनहरू आउन थाल्छन् जसले बिस्तारै केटीबाट केटा बनाउँछ। गाउँका ९० मध्ये एक बालक यो रहस्यमय रोगसँग लडिरहेका छन् । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय