back
CTIZAN AD

थाइराइड र तौल घटाउनमा धनिया रामवाण, जान्नुहोस् धनियाकाे प्रयोग र फाइदा

वि.सं.२०७८ माघ १० सोमवार

4.2K 

shares

धनियाँ प्रायः भान्सामा प्रयोग गरिन्छ । धनियाको स्वाद र सुगन्ध धेरैलाई मन पनि पर्छ ।

धनिया स्वाद र सुगन्धका साथै औषधीय गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले धेरै रोगबाट बच्न सकिन्छ । स्वस्थ रहन दैनिक हरियो धनिया वा धनियाको दानाको सेवन गर्नु लाभदायक हुन्छ ।

थाइराइड र तौल घटाउने जस्ता समस्यामा धनियाले रामबाण औषधिको रूपमा काम गर्छ। धनिया उपभोग गर्ने उत्तम तरिका भनेको हरेक बिहान खाली पेटमा धनियाको पानी पिउनु हो।

आउनुहोस् जानौं खाली पेट धनियाँ पानी पिउनुका फाइदाहरू र यसको सेवन गर्ने सही तरिका :

पाचन सम्बन्धी समस्याको निदान

धनियाको पानीले पाचन सम्बन्धी समस्या हटाउने काम गर्छ । दैनिक धनिया पानीको सेवनले शरीरको पाचन शक्तिलाई नियन्त्रित गर्छ, जसले गर्दा पेटमा एसिडिटीको मात्रा बढ्नबाट रोक्छ । पेट दुख्ने, जलन, ग्यास जस्ता समस्याबाट छुटकारा मिल्छ ।

धनिया के फायदे

तौल घट्नु

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खानामा धनिया समावेश गर्नुहोस् । धनियाको पानीमा तौल घटाउने तत्वहरू हुन्छन्। जसका कारण शरीरमा जम्मा भएको बोसो कम हुन थाल्छ र तौल द्रुत गतिमा घट्न थाल्छ ।

धनिया के फायदे

थाइराइडको समस्यामा फाइदाजनक हुन्छ

थाइराइडका बिरामीले पनि हरेक बिहान खाली पेटमा धनियाको पानी पिउनुपर्छ । थाइरोइडको कमी वा बढी भएमा यो फाइदाजनक हुन्छ । धनियामा पाइने मिनरल्स र भिटामिनले थाइराइड हर्मोनलाई नियन्त्रण गर्न मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

धनियाको पानी पिउनाले रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरमा फ्री रेडिकल कम गर्छ, जसले धेरै रोगसँग लड्न मद्दत गर्छ।

धनिया के फायदे

कपाल बलियो हुन्छ

धनियामा भिटामिन के, सी र ए प्रचुर मात्रामा पाइन्छ। धनियाको पानीको सेवनले कपाल बलियो र छिटो बढ्न मद्दत गर्छ। धनियाको पानी दैनिक सेवन गर्नाले कपाल झर्ने र फुट्ने समस्या कम हुन्छ । यसबाहेक, तपाईं धनियाको तेल र हेयर मास्क प्रयोग गर्न सक्नुहुन्छ। अमर उज्यालाबाट

वि.सं.२०७८ माघ १० सोमवार १७:४१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...