काठमाडौं । नेपालमा आज १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २१ हजार २०१ नमु्ना परीक्षणमा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ३,६३४ भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जनासँगै ४६७६ जनामा संक्रमण पुष्टि भएको हो । आइतवारको तुलनामा संक्रमितको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १० हजार ३१९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ३२ हजार ३६२ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २५४० जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५४० जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ ।
आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८० हजार ७७९ र १,७७१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये २३८ जना आइसीयु र ४३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १ लाख १९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो मात्रा र १ करोड २९ लाख ६६ हजार ३६२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै १ लाख ६८ हजार ९६९ जनाले अतिरिक्त मात्राको खोप लिएको पनि मन्त्रालयद्धारा जराी विवरणमा उल्लेख छ ।
नेपालमा आज थपिए ६ हजार ४६२ कोरोना संक्रमित, १४१६ जना संक्रमणबाट मुक्त
वि.सं.२०७८ माघ १० सोमवार १६:३५ मा प्रकाशित



























