back
CTIZAN AD

डिफेन्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

वि.सं.२०७८ माघ ११ मंगलवार

654 

shares

११ माघ, काठमाडौँ । । साबिक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले मेसुके ओलुमोउको उत्कृष्ट दुई गोलको मद्दतमा आहा ! राराको डिफेन्डिङ च्याम्पियन सङ्कटालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

टोलीका महत्वपूर्ण आधा दर्जन खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएपछि मच्छिन्द्रले दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको थियो । खेलमा मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । सङ्कटाले दोस्रो हाफमा एक गोल फर्कायो ।

सुरुआतमा डिफेन्डिङ च्याम्पियन सङ्कटाले मच्छिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न सकेको थिएन । खेलको १३ औँ मिनेटमा मच्छिन्द्रले उत्सव राईको गोलमार्फत खेलमा अग्रता बनायो । पेनाल्टी क्षेत्र नजिकबाट राईको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।

प्हिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले खेलको ४७औँ मिनेटमा अग्रता दोब्बर बनायो । अभिषेक रिजालको क्रसपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका मेसुकेले दुई रक्षापङ्क्तिका खेलाडी र गोलकिपरलाई छक्काएर गोल गर्न सफल भएका थिए ।

वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका सङ्कटाका गणेश हमालले खेलको ६३औँ मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत गोल गर्दै सङ्कटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

मच्छिन्द्रका अभिषेक गुरुङले ८४ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बढाए । फ्री किकमा गोलकिपरबाट रिवाउन्ड बललाई नियन्त्रणमा लिँदै उनले गोल गर्न सफल भएका थिए ।

त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित मच्छिन्द्रका मेसुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अन्तर फराकिलो बनाए । नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले गोल गरेका थिए ।

मच्छिन्द्र राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत् छ । मच्छिन्द्रले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ । प्रतियोगितामा अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि बुधबार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेलमा मङ्गलबार थ्री स्टार फुटबल क्लब र नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

वि.सं.२०७८ माघ ११ मंगलवार १०:४२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...