Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्ष राई भन्छन् – किसानको १ किलो उत्पादन पनि बिक्री गरिदिन्छौं



यतिबेला देशका मलिला खेतबारी मान्छेको मायालु हातको सुमसुम्याइ र साथ नपाउँदा बंजर बनिरहेका छन् । हाम्रो देशमा सामान्यतयाः एउटा परिवारलाई मनग्य खाएर बाँकी रहेको बाँडेर वा बेचेर पनि अन्य सामग्रीको जोहो गर्न सक्ने खेतबारी छ । तर, बिडम्वना नै मान्नुपर्छ ती खेतबारीहरु अहिले केही प्लटिङ, केही वैदेशिक रोजगार तथा केही सहरको मारमा परेका छन् । नेपाली समाजमा माटोको श्राप लाग्ला हैं भनेजस्तै यतिबेला देशमा भारतमात्रै होइन अमेरिकालगायतका देशबाट सयौं क्विन्टल चामल आयात गर्नुपरेको अवस्था छ ।

खेतबारी बाँझो रहेकोमा युवा चिन्तित छ । माटोमै केही फलाउ भनेर पनि लागेको छ । तर, त्यसको तारतम्य कसरी मिलाउने भन्ने मेसो युवालाई छैन । नत परम्परागत खेती गरेर अहिलेको महँगी युवाले धान्न सक्ने अवस्था नै छ । यदि आफ्नै माटोमा केही फलाइ हालेपनि उसको थोरै उत्पादन बजारसम्म पुर्याउन सक्ने व्यवस्था स्थानीय, प्रदेश वा संघीय सरकारले मिलाउन सकेको छैन । तर, पनि युवा हार मानेको छैन उ माटोमा पसिनासँगै आँसु बगाएर पनि कृषिबाटै देशका लागि केही गर्न सक्छुकी भन्ने विश्वासका साथ  कृषि कर्ममा लागिरहेको छ ।

त्यस्तै एक युवा हुन् खोटाङका भुपेन्द्र राई । हुन त उनी जनप्रतिनिधि हुन् । उनी खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिका प्रमुख छन् यतिबेला । नेपाली कांग्रेसको चौधौ महाधिवेशनबाट प्रदेश १ को महामन्त्रीमा समेत निर्वाचित भएका उनै राईले माघको पहिलोसाता सबैको मन तान्ने गरी केही स्टाटस र कागतीको फोटो राखेर सामाजिक संजालमा लेखे–भोली बियर र चाउँचाउँ बोकेर आउने गाडीमा कागती पठाउने हो ।’ उनै राईसँग संसार न्यूजकाे तर्फबाट चन्दा थापा ‘चन्द्रिका’ गरेको कुराकानीको सम्पादित अंश :

बियर र चाउचाउ बोकेर आएको गाडीमा कागती बेच्न पठाउनु भए छ नि ?

हजुर हो । संयोग पनि त्यस्तै पर्यो । गाउँमा बियर र चाउचाउ बोकेर गाडी आएको रहेछ त्यसमै कागती लोड गरेर पठाएको हुँ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । पार्टीको प्रदेश महाधिवेशनका बेला विराटनगर गएका बेला म आफै पनि २५ केजी कागती बोकेर बजार खोज्न गएको थिए । त्यहाँका व्यापारीलाई कागतीको नमुना देखाएपछि उनीहरुले हुन्छ पठाइदिनु भनेपछि मैले गाउँ फर्किएर चाउचाउ र वियर बोकेर फर्किएको गाडीमा कागती पठाएको हुँ । यो संयोग हो । यसको धेरै हल्ला गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

कति रोपनीमा लगाउनु भएको छ र हालसम्म कति उत्पादन गर्नुभयो ?

२०७४ मा गाउँपालिकाको प्रतिनिधि चुनिएपछि कृषिमा केही गर्नुपर्छ भनेर मैले २०७५ साउनदेखि कागती रोप्न सुरु गरेको हुँ । हुन त पहिले पनि म किसानकै छोरो हुँ । परम्परागत खेतीभन्दा पनि समयअनुसार उत्पादनमा लाग्नुपर्छ भनेर यता लागेको हुँ । साढे सात रोपनी जग्गामा ३५० वटा कागतीको विरुवा रोपेको छु । यो वर्षदेखि उत्पादन सुरु भएको छ । अहिले आधा बोटबाट उत्पादन सुरु भएको हो । यो पहिलो वर्ष भएकोले यसपाली साढे ५ सय केजी कागती उत्पादन गरेर बिराटनगर इटहरीलगायतका बजारमा पुर्यायौं ।

No description available.

गाउँमा बियर र चाउचाउ बोकेर गाडी आएको रहेछ त्यसमै कागती लोड गरेर पठाएको हुँ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । पार्टीको प्रदेश महाधिवेशनका बेला विराटनगर गएका बेला म आफै पनि २५ केजी कागती बोकेर बजार खोज्न गएको थिए । त्यहाँका व्यापारीलाई कागतीको नमुना देखाएपछि उनीहरुले हुन्छ पठाइदिनु भनेपछि मैले गाउँ फर्किएर चाउचाउ र वियर बोकेर फर्किएको गाडीमा कागती पठाएको हुँ । यो संयोग हो ।

नेतृत्व त्यसै पनि उदाहरणीय बन्नुपर्छ भन्ने मान्यता छ अन्यले पनि पछ्याए की तपाईँको काम ?

गाउँघरमा चलिआएको परम्परागत खेतीलाई आधुनिकरुपमा ढालेर उत्पादन वृद्धि गर्नुपर्छ भनेर हामी जनप्रतिनिधि लागिपरेका छौं । कृषिमा अत्यन्तै बढी लगानी पनि गरिरहेका छाैं । कृषिमा लाग्नेहरुलाई हामीले अनुदान पनि उपलब्ध गराइरहेका छौं । पालिकाले कृषिमा कागती, सुन्तला र किबी पकेट क्षेत्र घोषणा गरेर काम पनि गरिरहेका छौं । तर, कृषकले बजार छैन भनेर गुनासो गरिरहेको अवस्थामा हामीले त्यसका बारेमा पनि छलफल गर्यौ कतै उत्पादनकर्तालाई रिस्क जोनमा त राखेका छैनौं भनेर । त्यसैले पनि म आफै उत्पादनमा लागेको हुँ । मैले उहाँहरुलाई कृषिमा लाग्नुस् भनेर मात्र हुँदैन भनेर आफु पनि कृषिमा लागेको हुँ । जुन खेतमा सामान्य धान फलिरहेको थियो त्यसैमा कागती लगाएको हुँ । कागतीको पकेट क्षेत्र घोषणा गरिएकोले अहिले यहाँ ५०० रोपनीमा कागती खेती सुरु भएको छ । यहाँका १, २,४ र ५ नं वडामा कागती खेती सुरु भएको छ ।

पालिकाले कृषिका लागि अनुदान तथा केही लगानी पनि गरेको छ कि ?

हामीले लगानी गरेका छौं । तर, जसलाई हामीले कृषिका लागि अनुदान दियौं उहाँहरुले त्यो अनुदान कृषि बाहेकका अन्य काममा लगाउनु भएको पाइएको छ । केहीले उत्पादन पनि गर्नु भएन । हामीले सामुहिक रुपमा १५ लाख र व्यक्तिमा ५० हजार अनुदान दिएका छौं । यो लगानी कागती, सुन्तला, बाख्रा र बंगुरमा लगानी गरेका छौं । पछिल्लो समयमा केहीले उत्पादन पनि गर्नुभएको छ ।
मेरो अनुभवमा यो भन्दा पहिले कागतीका विरुवा रोपेपनि फलाइदो रहेनछ । रोपेपछि त्यसै फल्दैन त्यसको स्यहार सुसार चाहिन्छ, अनि मेहनत पनि । साथै मेरो आयआर्जन र परिवारको भविष्य निर्माणका लागि त्यहि खेतीमै भर पर्नुपर्छ भनेर उहाँहरुबाट मेहनत नभएको मैले पाएको छु । अनुदान त हो नि भन्ने मानसिकता राख्नु भयो भने त्यसले न त किसानलाई फाइदा गर्छ नत देशको आर्थिक समृद्धिमै योगदान पुर्याउँछ ।

यहाँका किसानले १ केजी नै उत्पादन गरेपनि त्यहाँ उचित मूल्यमा उहाँको उत्पादन खरिद गर्ने गरेका छौं । हामीले यो सामग्री मात्रै भनेर तोकेका छैनौं जे उत्पादन गरेपनि त्यसको खरिद हामीले गरिदिने गरेका छौं । कुन बार कुन सामान ल्याउने भनेर तोकिदिएका छौं । संकलन तथा बजार केन्द्रको प्रमुखले उहाँहरुको उत्पादनको बजारको ग्यारेन्टी गर्नुहुन्छ । उत्पादन भएर मेरो समानले बजार पाएन भन्ने गुनासो गर्ने मौका हामी दिँदैनौं ।

आफ्नै माटोमा केही गर्नुपर्छ भनेर युवालाई उत्साहित बनाउनु भएको छ त ?

हामीले वैदेशिक रोजगारमा जान चाहेका र फर्किएका युवालाई छुट्टै प्रकारको अनुदानको व्यवस्था गरेका छौं । उहाँहरुलाई विदेश नजाउ भनेका छैनौं । गए पनि कमाएर ल्याएको पैसालाई गाउँपालिकाको अनुदानमा जोडेर उत्पादनमा लाग्न प्रेरित गरिरहेका छौं । तर समस्या के छ भने जो विदेशमा छ उनीहरुको जहान परिवार छोराछोरी पढाउने नाममा सयौं रोपनी जग्गा छोडेर गाईघाटलगायतका तराईका सहरमा लाग्छन् । त्यसलाई रोक्नका लागि पनि हामीले उहाँहरुले जति लगानी गर्नुहुन्छ त्यति अनुदान दिने गरेका छौं । हामीले विदेशमा कमाएको पैसा कृषि उत्पादनमा लगाउनुस् ताकि भोली देश फर्किदा तपाईँलाई फेरि विदेश जान बाध्य नपरोस् भनेर भन्ने पनि गरेका छौं र सोहिअनुसार वार्षिक १० जनालाई यस्तो अनुदान पनि दिएका छौं ।

सरकारले नै गरेको उत्पादनले बजार नपाएको अवस्थामा तपाईहरुले किसानको उत्पादनको बजार कसरी व्यवस्थापन गर्नुभएको छ त ?

हाम्रोमा त्यस्तो छैन । हामीले ५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत स्वीस सरकारको सहयोगमा उत्पादन संकलन तथा भण्डारण केन्द्र निर्माण गरेका छौं । यहाँका किसानले १ केजी नै उत्पादन गरेपनि त्यहाँ उचित मूल्यमा उहाँको उत्पादन खरिद गर्ने गरेका छौं । हामीले यो सामग्री मात्रै भनेर तोकेका छैनौं जे उत्पादन गरेपनि त्यसको खरिद हामीले गरिदिने गरेका छौं । कुन बार कुन सामान ल्याउने भनेर तोकिदिएका छौं । संकलन तथा बजार केन्द्रको प्रमुखले उहाँहरुको उत्पादनको बजारको ग्यारेन्टी गर्नुहुन्छ । उत्पादन भएर मेरो समानले बजार पाएन भन्ने गुनासो गर्ने मौका हामी दिँदैनौं । यो वर्षदेखि अझ व्यवस्थित गर्नका लागि चिस्यान केन्द्रको पनि निर्माण गर्दैछौं । सामान विकेन भन्नु भन्दा पनि उत्पादन हुन नसकेकोमा चिन्ता छ ।

सिँचाइ मलको व्यवस्थापन कसरी गर्नु भएको त ?

हामीले समयमै मलहरु उपलब्ध गराएका छौं । यो वर्षको पनि यहि हप्तामा मल झर्दैछ । हामीले किसानलाई कति मल चाहिने हो पहिले माग संकलन गछौं र उहाँहरुको माग अनुसार मल उपलब्ध गराउने गरेका छौं ।

घर–घरमा स्थानीय सरकार भन्ने महसुस तपाईका जनताले गर्नुभएको छ त ?

हाम्रो नेतृत्वको स्थानीय सरकारले कस्तो काम गरेको छ भन्ने कुरा उहाँहरुले नै महसुस गर्ने र भन्ने कुरा हो । हामी चुनिएर आउनु भन्दा पहिलेदेखि रहेका धेरै समस्याहरु सम्बोधन गरेका छौं जस्तो लाग्छ । हामी आउनुभन्दा पहिले यहाँ केही मोटरबाटोहरु खुलेपनि गाडी कुद्ने अवस्थाका थिएनन् । अहिले हिउँद वर्षा सबै समयमा गाडीहरु कुँदिरहेका छन् । हाम्रो पालिका प्राकृतिक नाकाबन्दीले घेरिएको छ । एकतिर सुनकोशी बग्छ अर्कोतिर साप्सु  खोलाले छिनेको पालिका हो । यहाँ वर्षामा प्राकृतिक नाकाबन्दी लाग्ने समस्या थियो ।

अहिले त्यसलाई पनि व्यवस्थापन गरेर साप्सु खोलामा मोटरेवल पूल निर्माण गरेका छौं । बिजुलीको समस्या थियो अहिले एउटा वार्ड छोडेर सबै वडामा बत्ती बलेको छ । खानी पानीको अभाव थियो कोशीको पम्पिङबाट तानेर वा माथिल्लो मुहानदेखि ल्याएरपनि पानीको व्यवस्था गरेका छौं । हामीले एउटा गाउँमा त मिटरेवल पानीको व्यवस्थासमेत गरिसकेका छौं । साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधारको काम गरेका छौं । मलाई जहाँसम्म लाग्छ नागरिकले हामीलाई निर्वाचित गरेर गल्ति गरेछौं भन्ने गुनासो गर्ने मौका दिएका छैनौं ।

यहाँ वर्षामा प्राकृतिक नाकाबन्दी लाग्ने समस्या थियो । अहिले त्यसलाई पनि व्यवस्थापन गरेर साक्षीखोलामा मोटरेवल पूल निर्माण गरेका छौं । बिजुलीको समस्या थियो अहिले एउटा वार्ड छोडेर सबै वडामा बत्ती बलेको छ । खानी पानीको अभाव थियो कोशीको पम्पिङबाट तानेर वा माथिल्लो मुहानदेखि ल्याएरपनि पानीको व्यवस्था गरेका छौं । हामीले एउटा गाउँमा त मिटरेवल पानीको व्यवस्थासमेत गरिसकेका छौं ।

बाँकी काम गर्नका लागि फेरि पनि नेतृत्वमा उम्मेदवारी दिनुहुन्छ कि ?

त्यो समय पनि नजिक आएको छ । यहाँका जनता र पार्टी (कांग्रेस) ले कस्तो निर्देशन गर्छ भन्ने हो । म पार्टीको प्रदेश महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको छु । पार्टीले माथिल्लो तहको जिम्मेवारी प्रदान गर्छ वा स्थानीयतहमै बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारी दिन्छ त्यो पार्टीको निर्णयअनुसार हुनेछ ।

कोरोनाकालमा तपाइँ आफैँ बिरामी बाेक्दै हिँडेकाे चर्चा भएकाे थियाे । के चर्चा सही हाे ?

हो, त्यो हरेक सभ्य नागरिकको काम हो । समस्यामा पर्दा सहयोग गर्ने त्यसमा फेरि म पहिलो नागरिक र दोस्रो नागरिकको अभिभावकको भूमिका निर्वाह गर्ने ठाउँमा छु । त्यसैले पनि मेरो त्यो ड्यिुटी हो । मैले रहर लहडमा गरेको होइन बाध्यता थियो । कोरोनाको डरले श्रीमानले श्रीमतीको स्याहार नगरेको अवस्था, छोराछोरीले बाबुआमालाई दागबत्ति दिन नपाएको परिस्थिति थियो । त्यस्तो बेला मेरा नागरिकहरु संक्रमणका कारण छट्पटिरहेका थिए । त्यस्तोबेला म कसरी हेरेर बस्न सक्छु भन्नसु त ? त्यतिबेला पालिकाको एम्बुलेन्स बिग्रिएर तराईतिर बनाउन लगिएको थियो । त्यहिबेला नागरिकहरु अत्यन्तै संक्रमित भएको र पालिकामा ड्राइभर समेत अभाव भएपछि मैल गाडी चलाउन जानेको भएकोले पनि म आफै बोकेर उहाँहरुलाई अस्पतालसम्म पुर्याएको हुँ । त्यतिबेलाको परिस्थितिमा मैले जे गरे त्यो राम्रै हो भन्ने लाग्छ । त्यसलाई बढी चर्चाको विषय बनाउनुपर्छ जस्तो पनि लाग्दैन ।

यो कागती रोप्ने र विरामी बोकेर अस्पताल पुर्याउने विषय चर्चाको विषय होइन यो प्रत्येक नागरिकको आफ्नो समाजप्रतिको ड्यिुटी हो मैले त्यहि पूरा गरेको हुँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय